काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते राराबाट देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने भएको छ ।रारा पर्यटन वर्ष उद्घाटनका लागि ओली मुगुको रारा जाँदैछन् ।उनी शुक्रबार नै हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।प्रधानमन्त्री सचिवालयका अनुसार शनिबार बिहान मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने र रारा पर्यटन वर्ष–२०७५ उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ ।प्रधानमन्त्री ओलीले त्यहाँबाट विद्यालय भर्ना अभियानको सुरुआत पनि गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया