४ आश्विन २०७८, सोमवार

तीजको दर : के खाने, के नखाने ?

२०७८,भाद्र,२३,बुधबार १७:३०


काठमाडौं । हिन्दू नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीज आजबाट सुरु भएको छ । दिदीबहिनीहरु एकै ठाउँमा भेला भएर रमाइलो गर्ने चाडको रुपमा लिइन्छ तीजलाई । विशेष गरी वर्षभरिको दुःखलाई भुलेर रमाउने चाड हो तीज । बिहे गरेर नौ डाँडापारि पुगेका चेलीहरु माइतीमा भेला भएर नाँचगान गर्दै, दर खाने प्रचलन रहेको छ ।

भोलिपल्ट निराहार ब्रत बस्ने भएकोले अघिल्लो दिन पोषिलो कुराहरु दरमा समावेश गरिन्छ । दरमा भेज तथा ननभेज दुवैथरी भोजन समावेश हुन्छन् । खास गरी दरचाहिँ भेज नै खानु उपयुक्त हुन्छ । भोलिपल्ट पानी समेत नखाई ब्रत बस्ने प्रचलन छ । त्यसैले सकभर दरचाहिँ भेज नै खानु उपयुक्त हुन्छ ।

दर खाने भनेर मात्र हुँदैन । दर खाँदा स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । ध्यान नदिने हो भने बिरामी पर्न सकिन्छ । सामान्यतया चाडपर्व भनेपछि धेरै खाने चिल्लो पिरो अमिलोहरु समावेश गर्ने नेपालीको बानी नै हुन्छ । त्यसैले दर धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ ।

दरमा के खाने, के नखाने ?
१. चिल्लो पिरोरहित कुराहरुलाई मात्र समावेश गर्ने ।
२. बर्खायाम भएको कारणले पनि बजारका खानेकुरा तथा सागसब्जीमा फोहोर हुनसक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्रै खाने ।
३. सकेसम्म बजारको भन्दा घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ ।
४. दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । तर मरमसला हालेर पकाइएको यस्ता चिज नखानु जाति हुन्छ ।
५. नुन धेरै सेवन गर्दा पानी तिर्खा लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन्छ ।
६. व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ ।
७. दरको नाममा मादक पदार्थ सेवन गर्नु हुँदैन ।
८.पोषणका लागि दरमा दुग्ध खाद्यपदार्थ खानु राम्रो मानिन्छ ।
९.फलफूल तथा अन्नबाट बनेका परिकार समावेश गर्दा राम्रो हुन्छ ।
१०. बिरामीले सकेसम्म व्रत नगर्दा राम्रो गरिहालेको खण्डमा निराहार व्रत गर्नु स्वास्थ्यका दृष्किोणले राम्रो हुन्न ।

प्रकाशित मिति: २०७८,भाद्र,२३,बुधबार १७:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डा. हेमराज कोइराला I लामो आयु बाँचेकाहरूको दीर्घजीवनका रहस्यहरू केलाउँदै जाने हो भने उनीहरू लामो उमेरसम्म बाँच्नुको मुख्य कारण पैदल

हाइलाइट्स गेस्ट्रेक्टोमी केलाई भनिन्छ? चिकित्सकले कस्तो अवस्थामा गेस्ट्रेक्टोमी अप्रेसन गर्ने सल्लाह दिनसक्छन्? गेस्ट्रेक्टोमी कस्ले गर्नुहुन्न?शल्यक्रिया अघि उल्लेखित विषयहरुमा ध्यान राख्न

काठमाडौं । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखी विश्वभर कोरोनाविरुद्धको खोपको रफ्तार बढाइएको छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार खोप लगाएका

नाम सुन्दै नौलो । ललितपुरको गोदावरी नगरपालिका-११ मा अवस्थित यो सानो नमूना गाउँ अर्थात् प्याङगाउँ । ललितपुरको लगनखेलस्थित बसपार्कबाट करिब

ताजा समाचार