बुटवल, २९ चैत – प्रदेश ५ को सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि शुक्रबार बजेट सार्वजनिक गर्ने भएको छ ।मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बसेको बैठकले प्रदेश नं ५ प्रदेशसभा विनियोजन विधेयक २०७४ प्रदेशसभामा पेश गर्ने र राजश्व तथा व्ययको अनुमानित बजेट वक्तव्यसहित प्रदेशसभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।आर्थिक मामिला तथा योजना विकासमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले रु एक अर्ब दुई करोड पााच लाख बराबरको बजेट प्रदेशसभामा पेश गर्नुहुनेछ । बैठकले प्रदेशसभा सचिवालय व्यवस्थित गर्न बनेको प्रदेशसभा सचिवालय विधेयक स्वीकृत गरी प्रदेशसभा बैठकमा पेश गर्ने पनि निणर्य गरेको भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया