काठमाण्डु, २९ चैत– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले वनजंगलमापाइने वनस्पतिको उपयोगबाट विश्व समुदायको हितमा महत्वपूर्ण योगदानदिन सक्ने बताएका छन । नेपाल वनस्पति र जडिबुटीका हिसाबले धेरै नै धनी रहेको चर्चा गर्दै उनले तर, त्यसको सहीउपयोग गर्न चुकेको उल्लेख गरे ।उनले वर्तमान सरकारसंरक्षण र उपयोगको सन्तुलनकारी विधिमार्फत वनस्पतिलाई मानव समुदायको हितमाहुने गरी काम गर्ने प्रतिबद्ध रहेको स्पष्ट गरे । ‘वनस्पतिलाई जीवनकालागि उपयोग गर्नेबारेमा प्रयास र प्रयत्न बढाउनुपर्छ’, वनस्पति विभागको ५८ औं वार्षिकोत्सव तथा १९ औं वनस्पति दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले भने, ‘हाम्रो वनस्पतिलाई नेपाल र नेपालीकालागि मात्र होइन, विश्व समुदायलाई केही न केही योगदानगर्न सकिन्छ ।’ त्यसकालागिआवश्यक नीतिगत, कानूनी र संरचनागत सुधारमा पर्याप्त ध्यान दिएर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । नेपाल प्रकृति र परम्पराका हिसाबले धेरै धनी भएर पनि विगतमा त्यसबाट पर्याप्त ध्यान दिन नसकिएको चर्चा गर्दै मन्त्री बस्नेतले भने, ‘अथाह सम्भावनाहरु छन् । मुलुकको आवश्यकता र जनताको आवश्यकतलाई यथोचितढंगले सम्बोधनगर्नकालागिइमान, दृढता र जिम्मेवारीबोधका साथलागि पर्ने प्रतिबद्धता व्यक्तगर्न चाहन्छु ।’उनले परम्परागत ज्ञानलाई विज्ञानसँग जोडेर नयाँप्रविधिका रुपमाविकास गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै त्यसकालागि भएका अप्ठेरा र चुनौती हटाउन सरकार प्रतिबद्ध रहेको बताए । नतिजामुखी कामकालागि संस्कारमा परिवर्तन जरुरी रहेको उनको भनाइ छ ।वनस्पतिलाई जीवन र समृद्धिका लागि संरक्षण र सदुपयोगको एकीकृत योजना बनाएर अगाडि बढ्ने योजना रहेको चर्चा गर्दै उनले वनस्पतिको अनुसन्धान, उत्पादन तथा बजारीकरणलाई प्रशोधन गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया