कपिलवस्तु, २८ चैत -नेकपा (माओवादी केन्द्र)का एक कार्यकर्ता सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका छन् ।कपिलवस्तु नगरपालिका–३ क्याम्पसटोल निवासी सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गएको सोमबार दिउँसो अपरहण गरेको परिवारिक स्रोतले दाबी गरेको छ ।सोमबार दिउँसो घरबाट सदरमुकाम तौलिहवास्थित पार्टी कार्यालयमा पुगेका तिवारी त्यसपछि सम्पर्कविहीन अवस्थामा रहेको भन्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि उजुरी गरेका छन् ।अपहरणमा परेका तिवारीको जीवन रक्षाको लागि पहल गरिदिन उनकी पत्नी सीता तिवारीले आज पत्रकार सम्मेलनमार्फत सरकार, मानवअधिकारकर्मी र पत्रकारसमक्ष अपिल गरिन् ।अपहरणमा परेका तिवारीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी भारततर्फ लगेको हुन सक्ने उनका दाजु अनिल तिवारीले दाबी गरेका छन् । अपहरणमा परेका तिवारीमाथि भारतमा लागू औषधसम्बन्धी मुद्दा चलिरहेको छ ।अपहरणमा परेका तिवारीको खोजी कार्य भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया