पोखरा विश्वविद्यालयको स्ववियुमा नेविसंघका तीन नेताले समानुपातिकमा बस्न मानेनन्

काठमाडौं, २८ चैत– नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले पोखरा विश्वविद्यालयको स्ववियुमा तीन जना समानुपातिक सदस्य मनोनित गरेकोमा तीनै जनाले सो पदमा बस्न अस्वीकार गरेका छन् ।नेविसंघ केन्द्रीय समितिले पोखरा विश्वविद्यालयको स्ववियुमा संगठनको भागमा परेको तीन समानुपातिक सदस्यमा विष्णृ सुवेदी, उज्वल चौलागाईँ र सुवास खड्कालाई मनोनयन थियो ।तर, उनीहरुले तीनै जनाले विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अधिकृतलाई सम्बोधन गरेर समानुपातिक सदस्यबाट नाम फिर्ता लिएको बताएका छन् ।उनीहरुले संगठनमा छुटाउनै नहुने नाम सिफारिश गरिएको भएपनि उक्त नाम छुटाएको भन्दै असन्तुष्टि जनाएका छन् । केन्द्रले उनीहरुसहित ८ जनाको नाम सिफरिश गरेकोमा दीपेन भट्टराईलाई नसमेटिएकोमा असन्तुष्टि जनाएको बताइएको छ ।उनीहरुले कुनैपनि हालतमा समानुपातिक सदस्यमा दीपेनको नाम हुनुपर्ने बताएका छन् ।नेविसंघ केन्द्रले सुवेदी, चौलागाईँ र खड्कासहित दीपेन भट्टराई, निरज भट्टराई, कृष्ण बस्नेत, सुशान्त त्रिपाठी र सगुन भण्डारीको नाम सिफारिश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?