जनकपुधाम, २८ चैत । प्रदेश २ को सरकारले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले बुधबार प्रदेश सभाको बैठकमा ६० बुँदे नीति तथा कार्यक्रम पेश गरेका हुन् ।प्रदेश सरकारका तर्फबाट पेश गरिएको नीति तथा कार्यक्रममा स्रोत साधनको अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकिएको उल्लेख गर्दैै नीतिगत, कानुनी तथा संरचनागत प्रवन्ध गर्दै सरकारी संयन्त्रलाई सक्रिय बनाउने उल्लेख गरिएको छ ।प्रदेश सरकारप्रति जनअपेक्षा धेरै भएपनि नीतिगत, कानुनी, संस्थागत एवं व्यवस्थापकीय प्रवन्ध नभएकाले जनताले अनुभूति गर्नेगरी काम गर्न नसकिएको उल्लेख गरिएको छ ।हाल प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोत परिचालन गर्न सक्ने अवस्था नभएको भन्दै भनिएको छ, ‘केन्द्र सरकारबाट प्राप्त अनुदान रकम नै सरकार सञ्चालनको स्रोत भएकाले जनतासँग गरेका प्रतिबद्धताहरु तत्काल पूरा गर्न स्रोतसाधन अपर्याप्तता पनि छ ।’प्रदेश सरकारले राजश्व र अनुदान बाँडफाँट गर्दा जनसंख्या र मानव विकास सूचकांकलाई आधार बनाउन माग गरेको छ । सरकारले औद्योगिक क्षेत्रहरुमा बन्द हड्ताल गर्न नदिने पनि कार्यक्रम अघि सारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया