कृष्णबहादुर महराले गरे माओवादी केन्द्रमा नरहेको घोषणा

काठमाडौं, २८ चैत । सभामुख कृष्णबहादुर महराले आफूले माओवादी केन्द्रमा सबै जिम्मेवारीबाट अलग भएको बताएका छन् ।समामुखमा निर्वाचित भएपछि महराले संसदमा स्वतन्त्र भूमिका खेल्नका लागि पार्टीको जिम्मेवारी छाडेका हुन् ।संसदीय मामिला पत्रकारसँग कुरा गर्दै महराले भने, ‘सभामुख नहुदा पार्टीमा रहँदा पनि म सबैसग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसँग संवाद गर्नलाई पार्टीले खटाउथ्यो । अब सभामुखको पदमा रहुन्जेल निष्पक्ष भुमिकामा हुन्छु । हिजो माओवादी पार्टीमा थिए तर अब छैन ।’सभामुख महराले दुई वर्षभित्र संसदको आफ्नै भवन हुने समेत बताए । संसद सञ्चालनका लागि उपयुक्त भवन नहुँदा हाल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट संसद चलिरहेको छ ।उनले अबर सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसदको भवन बन्ने जानकारी दिए । त्यसका लागि पुतली बगैचामा रहेको सेनाको ब्यारेक गृहमन्त्रालय पछाडि सार्न प्रधानसेनापति सहमत भइरकेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?