काठमाडौं, २८ चैत– नेपाल प्रहरीका डिआईजी सर्वेन्द्र खनाललाई सरकारले आईजीपीमा बढुवा गरेपछि अर्का दाबेदार डिआईजी रमेश खरेल आक्रोशित बनेका छन् ।आफूले राजीनामा दिने मनस्थिति बनाएको खरेलले बताएका छन् । उनले आफू आईजीपी बन्नु पर्ने बताउँदै आएका थिए ।उनले भनेका छन्, ‘पद्धति बसाएर निर्णय गर्नुपर्छ । भागबन्डा नहुने भए मात्र प्रहरीभित्र पनि असल संस्कार बस्न सक्छ । म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ । प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु ।’मंगलबार बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकले सर्वेन्द्रलाई नेपाल प्रहरीको आईजी र शैलेन्द्र खनाललाई सशस्त्र प्रहरीको आईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया