भारत भ्रमण उपलब्धिमूलक भएको बताउन राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौँ, २७ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म गर्नुभएको भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।भेटमा प्रधानमन्त्रीले आफ्नो हालै सम्पन्न भएको मित्रराष्ट्र गणतन्त्र भारतको राजकीय भ्रमणका अवसरमा भएका उपलब्धिका साथै समसामयिक विषयमा जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।भेटका अवसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत उच्चपदस्थ पदाधिकारीको समेत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?