आईजीपीको प्रतिस्पर्धामा सर्वेन्द्र खनाल बन्ने पक्का

काठमाडौं, २७ चैत – प्रहरी महानिरीक्षक (आईजिपी) मा सर्वेन्द्र खनालको नाममा सहमति जुटेको छ । खनालसँगै आईजीपीका लागि  रमेश खरेल र पुष्कर कार्कीबीच प्रतिस्पर्धा थियो ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले प्रहरीको आइजिपीमा खनाललाई छान्ने सहमति जुटाएको हो । औपचारिक निर्णय भने मन्त्रीपरिषदको बैठक बसेपछि मात्र हुनेछ ।नयाँ आइजिपी को बन्ने भन्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहाुदर थापा ‘बादल’ लगायतको शीर्ष नेताको बैठक बसेको थियो । अहिले बहालवाला आईजिपीमा प्रकाश अर्याल छन् । आईजीपीको विषयमा चाँडै नै मन्त्रीपरिषदको बैठक बस्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?