काठमाडौं, २७ चैत । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको पदावधी सकिन लाग्दा समेत सरकारले नयाँ प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिबारे अझै निर्णय गर्न सकेको छैन ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा पनि प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा कुनै निर्णय भएन । बैठकले आईजीपी नियुक्तिबारे कुनै निर्णय गर्ने अपेक्षा गरिएको थियो ।मन्त्रिपरिषदको अर्को बैठकले महानिरीक्षक नियुक्तिबारे निर्णय गर्ने भएको छ । प्रहरी महनिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको पदावधि चैत २८ गते सकिदैंछ ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयमा विद्यार्थी भर्ना संख्या वृद्धि गर्न ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन आग्रह गरेको छ ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको जानकारी दिए ।गौतमको स्थानमा डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्ने निर्णय भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया