नयाँ मर्यादाक्रम तोक्न माग

सुर्खेत, २६ चैत – कर्णाली प्रदेशका प्रदेशसभा सदस्यले नयाँ मर्यादाक्रम तोक्न केन्द्रीय सरकारसँग माग गरेका छन् ।प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यले केन्द्रीय सरकारले हालै सार्वजनिक गरिएको मर्यादाक्रम वैज्ञानिक नभएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेका हुन् ।बैठकमा विशेष समय लिएर बोल्दै सदस्य गुलाबजंग शाहले हालै सार्वजनिक भएको मर्यादाक्रमले प्रदेश सांसदलाई कर्मचारी भन्दा तल राखिएकोमा आपति जनाउनुभयो ।त्यसलाई तत्काल सच्याएर नयाँ मर्यादाक्रम सार्वजनिक गर्न प्रदेश सरकारमार्फत संघीय सरकारलाई उहाँले आग्रह गर्नुभयो ।कृष्णा शाहले जाजरकोटमा चिकित्सक र औषधिको तत्काल व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै राज्यले ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरे पनि जाजरकोटेलीले सिटामोलसमेत पाउन नसकेको बताउनुभयो ।उहाँले जाजरकोटका नागरिकले सहजरुपमा औषधि पाउने व्यवस्था मिलाउन प्रदेश सरकारसंग माग पनि गर्नुभयो ।‘मप विद्यालय प्रदेश मातहतमा ल्याइनुपर्ने’बिन्दमान विष्टले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई अब प्रदेश सरकारको मातहतमा ल्याउनुपर्नेमा जोड दिदैं अहिले विश्वविद्यालय ‘बौद्धिक दादागिरी’को थलो बनेकोमा दुःख व्यक्त गर्नुभयो ।विश्वविद्यालयको कुलपति प्रधानमन्त्री भएकाले तत्काल विश्वविद्यालयको विशेष सिनेट राख्न प्रदेश सरकारमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?