९ चैत्र २०७९, बिहीवार

अछामका सात स्थानीय तहमा बैंकिङ सेवा छैन

२०७४,आश्विन,२३,सोमवार ०५:५२

0
Shares

अछाम, २३ असोज ।अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र छवटा गाउँपालिकामा कुनै पनि बैंकको शाखा खुल्न सकेको छैन । जिल्लाका विकटका गाउँपालिका तुर्माखाँद, रामारोशन, मेल्लेख, चौरपाटीका स्थानीयले त आर्थिक कारोबारका लागि सदरमुकाम पुगी दुई तीन दिन समय खर्चिनुपर्ने अवस्था रहेको छ ।टाढाका स्थानीय तहमा बैंक नहुँदा बैंकिङ सेवाका सबै काम गर्न दुई दिनसम्म हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यतामा रहेको तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताए । सदरमुकाम पुगेर बैंकिङ सेवा लिनुपर्दा समय र पैसा दुवै खर्च हुने गरेको उनको भनाइ छ ।स्थानीय तहमा बैंक नहुँदा करोडौँ बजेट झोलामा बोकेर लैजानुपर्ने भएकाले निकै असुरक्षा महसुस हुने गरेको चौरपाटी गाउँपालिकाका लेखापाल मनोज थापाले बताए । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि गाउँपालिकाको विकास बजेट झोलामा बोकेर लैजानुपर्दा समस्या हुने गरेको उनले बताए ।उपभोक्ता समितिले पनि सदरमुकाममा तीन/चार दिन बसेर करोडौँ रकम भुक्तानी गरेर फर्किदा सुरक्षाको दृष्टिकोणले निकै खतरा रहेको स्थानीय बताउँछन् । गाउँपालिकामा बैंकिङ सेवाका लागि इमेल इन्टरनेट सेवा पनि आवश्यक हुने भएकाले आफूले इन्टरनेट जडानका लागि पहल गरिरहेको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले बताए ।उनले बैंकिङ कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई छिट्टै अन्त्य गर्नका लागि आफू पहल गरिरहेको बताए ।स्थानीय तह कार्यान्वयनमा आइसकेपछि केही बैंकले गाउँपालिका र नगरपालिकामा शाखा स्थापना गर्न खोजे पनि सुरक्षित भवनको अभाव देखिएको बताएका छन् । तत्काल टाढाका गाउँपालिकामा सुरक्षाको पनि त्यतिकै समस्या रहेको नेपाल इन्भेष्टमेन्ट बैंक मंगलसेनका शाखा प्रबन्धक मनोज नेपालले बताए ।हाल सदरमुकाम रहेको मंगलसैनमा नपामा पाँच वटा, मुख्य व्यापारिक केन्द्र रहेको साफेबगरमा चार वटा र कमलबजारमा नगरपालिकामा एक गरी जिल्लाभर जम्मा नौ वटा बैंकले सेवा दिइरहेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०५:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनियम सम्बन्धी एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ । विदेशी मुद्रा कारोबार गर्ने सम्पुर्ण

काठमाडाैं । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले

काठमाडौं । आगामी वर्ष बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले शनिबार बाहेक ४० दिन सार्वजनिक बिदा पाउने भएका छन् । नेपाल

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुमा पछिल्लो समय कर्मचारी खर्च बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००