ओलीलाई विज्ञानमा मानार्थ विद्यावारिधिको उपाधि

नयाँदिल्ली, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा विद्यावारिधि (पीएचडी) को मानार्थ उपाधि प्रदान गरेको छ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई भारतको पन्तनगरमा रहेको सो विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको हो ।आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?