प्रदेश गृहमन्त्रीले लिए आचार्य श्रीनिवासको स्वास्थ्यअवस्थाबारे जानकारी

विराटनगर, २५ चैत । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अज्ञात समूहको गोली लागेर घाइते भएका आचार्य श्रीनिवासको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।विराटनगरस्थित न्युरो अस्पतालमा पुगेर मन्त्री कार्कीले श्रीनिवासको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । मन्त्री कार्कीले उनी सामान्य बोल्न सक्ने अवस्थामा रहेको बताएका छन् ।उनलाई घटनाको बारेमा नसोधी स्वास्थ्यस्थितिको बारेमा सामान्य जानकारी लिएको मन्त्री कार्की बताए । उनले अस्पताल प्रशासनलाई श्रीनिवासको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।मन्त्री कार्कीले श्रीनिवासमाथि गोली प्रहार गर्ने समूहको पहिचान गरी पक्राउ गर्ने दाबी गरे । अपराधी भाग्न सक्ने स्थिति नभएको भन्दै उनले आक्रमणकारी उम्कन नपाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?