शासन सत्ता तालिबानको हातमा पुगेसँगै धरापमा परेको अफगानी खेलकुद

काठमाडौं। अहिले अफगानिस्तानको राजनीतिले कोल्टे फेरेको छ। करिब २० वर्षपछि काबुल फर्केको तालिबानले शासन सत्ता आफ्नो हातमा लिइसकेको छ।

तालिबानले अफगानी सरकार कसरी चलाउँछ भन्ने चासो, चिन्ता र डर अहिले अफगानिस्तानमा मात्रै सीमित छैन। सारा संसारको ध्यानाकर्षण गरेको अफगानिस्तान अहिले जताततै विवादको केन्द्रबिन्दु बनेको छ।

Afghan Ambassador Is 'Worried' About Her Country's Future After U.S. Leaves. Here's Why Some In Congress Agree.

अफगानिस्तानमा आधारभूत आवश्यकता बारे नै टुङ्गो नलागेको अवस्थामा तालिबानले फस्टाउँदो अफगानी खेल जगतलाई कसरी चलाउँछ भन्ने कुरामा पनि कौतुहलता जागेको छ।

उसै त संयुक्त राज्य अमेरिकाले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार अफगानिस्तान लेभल ४ अर्थात् ‘डु नट ट्राभल’को सूचीको दोस्रो नम्बरमा परेको थियो। अहिलेको परिस्थिति अनुसार त झन् अफगानिस्तान भ्रमणको कुरै भएन।

महिलाप्रति कठोर रूपमा प्रस्तुत हुने तालिबानको प्रवृत्तिले महिला खेलकुदमाथि रोक लगाउन सक्ने अनुमान पनि गरिएको छ। अझै त्यहाँको सम्पूर्ण खेलकुद गतिविधि नै रोकिने हो कि भन्ने अड्कल पनि नकाटिएको होइन।

Taliban enter Afghanistan capital Kabul

विशेषगरी पछिल्लो समय निकै नै प्रगति गरेको अफगानी क्रिकेटप्रति पनि तालिबान नकारात्मक हुने पो हो कि भन्ने डर अहिले खेलकुद प्रेमीको छ। आगामी टी-ट्वान्टी विश्वकप २०२१ को लागि ‘डार्क हर्स’ मानिएको अफगानी टोलीले सोझै ‘सुपर १२’ मा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। तर के अफगानिस्तानको सहभागिता अझै सम्भव छ त ? यो पनि अन्योलमै छ।

अफगानी सरकारले अब कस्तो बाटो लिने हो, भन्न सकिने अवस्था छैन। यस्तो बेला अफगानी खेलकुदको भविष्य कस्तो होला भन्ने अनुमान गर्न पनि गार्हो छ। तर अफगानी राजनीतिको असर खेलकुदमा नपर्ने त कुरै भएन।

तालिबानले काबुल कब्जा गरेसँगै अफगानी खेलकुदमा नकारात्मक असर पर्न थालिसकेको छ। पछिल्लो समय आफूलाई खेलकुद उन्मुख राष्ट्र बनाउने उद्देश्यका साथ अगाडी बढेको अफगानिस्तानलाई तालिबानको उदयले ठूलो धक्का लागेको छ।

Difficult but steady progress for Afghan women | Dhaka Tribune

अफगानिस्तानको खेलकुद जगत निरिह देखिएको छ। तालिबानको आगमनसँगै अफगानी खेलकुदमा भित्रिएको नकारात्मक असरका केही उदाहरण:

 

जहाजबाट खसेर अफगानी युवा फुटबलरको मृत्यु

जाकी अनवरी अफगानिस्तान राष्ट्रिय युवा फुटबल टोलीका खेलाडी थिए। गत सोमवार जाकीको मृत्यु भएको छ।

गत साता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो। जसमा हामीले उडिरहेको अमेरिकी जहाजबाट केही मानिस खसेको देख्न सक्थ्यौं। त्यसरी झरेर ज्यान गुमाउनेमा जाकी पनि परेका छन्।

Zaki Anwari attended a prestigious French-American school in Kabul alongside the children of western diplomats

१९ वर्षीय जाकीको मृत शरीर युएस-सी १७ जहाजको चक्कामा पाइएको थियो। सोमवार काबुलबाट कतारको लागि उडेको अमेरिकी जहाजमा झुन्डेर भाग्नेको हुलमा जाकी पनि थिए।

उनी अफगानिस्तानी युवाहरुको लागि प्रभावकारी उदाहरण थिए। त्यहाँको निकै प्रतिष्ठित मानिने ‘एस्टेकलाल’ विद्यालयमा अध्ययनरत जाकी ‘खोरोसान लायन्स’बाट व्यावसायिक फुटबल खेल्ने गर्दथे। उनको मृत्युले हजारौं अफगानी युवाको मनोबल टुटेको छ।

 

“आफ्नो परिचय लुकाऊ, राष्ट्रिय टिमको जर्सी जलाऊ”

अफगानिस्तान राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान खालिदा पोपलले महिला फुटबलरहरुलाई आफ्नो सुरक्षामा ध्यान दिन अनुरोध गरेकी छिन्।

महिलाप्रति तालिबानको कठोरतालाई ध्यानमा राख्दै पोपलले महिला फुटबलरहरुलाई आ-आफ्नो परिचय लुकाउन आग्रह गरेकी छिन्। त्यसको लागि उनले सामाजिक सञ्जालबाट सबै महिला खेलाडीलाई आफ्नो खाता बन्द गर्न र राष्ट्रिय टोलीको जर्सी समेत जलाउन आग्रह गरेकी छिन्।

पोपलले तालिबानको विगतका गतिविधिले पनि महिला सुरक्षामा ठूलो प्रश्न चिन्ह लागेको भन्दै महिला खेलाडीहरु डराउनु आवश्यक रहेको बताएकी छिन्। “महिलाको बलात्कार र हत्या तालिबानले पहिले पनि गरिसकेको छ, यस्तो अवस्थामा कोही पनि महिला खेलाडी सुरक्षित छैनन्”, पोपलले रिउटर्सलाई भनेकी थिइन्।

अफगानिस्तान महिला फुटबल लिग सञ्चालनमा ल्याउने पहिलो महिला पोपलले सधैं अफगानी महिलाको अधिकार र सम्मानको कुरा गर्ने गर्थिन्। तर यस पटक उनको सन्देश फरक किसिमको रहेको छ।

“यो मेरो लागि निकै दुःखको क्षण हो। मैले आफ्नै देशको महिलालाई आफ्नो परिचय, नाम र फोटो हटाउन भनिरहेकी छु, तर अहिलेको अवस्थामा आफ्नो सुरक्षा नै पहिलो प्राथमिकता हो।” डेनमार्कको राजधानी कोपनहेगनमा रहेकी पोपलले भनेकी छिन्।

त्यस्तै विश्व फुटबलको सर्वोच्च निकाय फिफा पनि अफगानिस्तानको अवस्था बारे गम्भीर देखिएको छ। पुरुष फुटबलमा पनि उल्लेखनीय प्रगति गरेको अफगानी फुटबललाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा फिफा अन्योलमा देखिएको छ।

 

क्रिकेट टोलीले आईसीसी सदस्यता गुमाउने सम्भावना

Joanna Tilley : Afghanistan sport: Closing the Gap

पछिल्लो समयमा निकै माथि पुगेको अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीको भविष्य अब भने अन्योलमा देखिएको छ।

सन् २०१७ मा टेस्ट मान्यता प्राप्त गरेको अफगानिस्तानले सन् २०१९ को आईसीसी विश्वकप क्रिकेटमा पनि सहभागिता गरिसकेको छ। त्यस्तै आगामी टी-ट्वान्टी विश्वकप २०२१ को लागि अफगानिस्तान उपाधि उचाल्ने ‘डार्क हर्स’ टोली मानिएको छ।

यसले हामी अड्कल लगाउन सक्छौं, क्रिकेट जगतमा अफगानी क्रिकेटको प्रगति बारे। राशिद खान, मुजिव उर रेहमान र मोहम्मद नाबी जस्ता उत्कृष्ट खेलाडीलाई अन्तराष्ट्रिय मञ्चमा ल्याउन सफल अफगानी क्रिकेटले अब आईसीसी सदस्यता नै गुमाउने डर उत्पन्न भएको छ।

Afghanistan qualify for World Cup

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अफगानी गतिविधिलाई नियाली रहेको अवस्था छ। आबु धाबीस्थित आईसीसीको प्रमुख कार्यालयले अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)सँग देशको अवस्था बारे बुझ्न प्रयास गरिरहेको छ।

अफगानिस्तानमा अब राष्ट्रिय महिला क्रिकेट टोलीको भविष्य न्यून रहेको छ। र आईसीसीको ‘शरिया कानुन’ अनुसार पुरुष र महिला दुवै राष्ट्रिय टोली हुने देशले मात्र पूर्ण रूपमा आईसीसी सदस्यता पाउने गर्दछ। सन् २०१७ मा अफगानिस्तानले प्राप्त गरेको पूर्ण आईसीसी सदस्यता अब अन्योलमा छ।

 

अफगानी प्यारालम्पिक टोली टोकियो जान असफल

Tokyo Paralympics: Afghanistan turmoil leaves athletes unable to compete, Zakia Khudadadi - Redcliffe City News

आगामी अगस्ट २४ देखि जापानको राजधानी टोकियोमा प्यारालम्पिक खेल प्रतियोगिता आयोजना हुँदैछ।

सोही प्रतियोगितामा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्न जाकिया खुदादादी र होसेन रसौली तयार थिए। २३ वर्षीया जाकिया तेक्वान्दो तथा २४ वर्षीय रसौली ट्रयाक तथा फिल्ड एथलेटिक्समा सहभागिता जनाउन टोकियो जाने क्रममा थिए।

तर अफगानिस्तानको सिमाना बन्द तथा सम्पूर्ण हवाई उडान ठप्प भएको कारणले प्यारालम्पिकमा अफगानिस्तानको सहभागिता असम्भव भएको छ। कुनै पनि देश तथा खेलाडीको लागि ओलम्पिक तथा प्यारालम्पिक खेलको महत्व बयान गरी नसक्नु हुन्छ।

Afghanistan to be absent from Paralympics as Taliban sweeps to powerत्यसमाथि खुदादादी प्यारालम्पिकमा अफगानिस्तानको प्रतिनिधित्व गर्ने पहिलो महिला खेलाडी हुने क्रममा थिइन्। यस्तो ऐतिहासिक क्षणमा पूर्णविराम लागेसँगै अफगानिस्तानको खेलकुदमा कालो धब्बा लागेको छ।

अफगानिस्तानको खेलकुद जगत उँभो लाग्ने हो कि होइन, भनिहाल्न गार्हो छ। तर यी सब कुराहरूलाई हेर्दा अफगानिस्तानको खेल जगत ठूलो खाडलमा परेको देख्न सकिन्छ।

आशा गरौँ, अफगानिस्तानको विश्वकप उपाधि उचाल्ने सपना अधुरो नरहोस्। अफगानिस्तानले अरु थुप्रै राशिद खान जस्ता खेलाडी जन्माई रहन सकोस् र खुदादादी जस्ता महिला खेलाडी हरेक वर्ष अन्तराष्ट्रिय मञ्चमा पेश गरि रहन सकोस्।

Rashid Khan reveals why Virat Kohli, Kane Williamson and Babar Azam are world-class cricketers

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?