प्रहरी र विप्लपका कार्यकर्ताबीच दोहोरो झडप

कैलाली, २४ चैत – धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ ।जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।नेकपाले आफ्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर घाइते हुनेगरी कुटपिट गरेको आरोप लगाएको छ भने यता प्रहरीले भने प्रशासनको अनुमतिबिना कार्यक्रम सञ्चालन गरेको, सडक अवरुद्ध गरेकाले रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरेको जनाएको छ ।झडपमा परेर आफ्ना १५ जना कार्यकर्ता घाइते बनेको नेकपाका एक जिल्ला नेताले बताए ।झडपमा संलग्न १५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?