७ चैत्र २०७९, मंगलवार

यस्तो छ वाम गठबन्धनको सिट भागबन्डा प्रस्ताव

२०७४,आश्विन,२३,सोमवार ०२:५१

9
Shares

एमाले र माओवादी नेताहरूले निर्वाचन क्षेत्र र सिट संख्याको भागबन्डा मिलाउने छलफल जारी राखेका छन् । दुई दलले जित्ने निश्चित मानेका क्षेत्रहरूको प्रारम्भिक सूची आदानप्रदान गरेका छन् । माओवादी केन्द्रले आइतबार आन्तरिक गृहकार्य नटुंग्याएपछि क्षेत्र र सिट बाँडफाँड लम्बिएको नेताहरूले बताएका छन्, नयाँ पत्रिकामा खबर छ ।उसले जित्ने निश्चित भनेका क्षेत्रहरूमा स्थानीय तह निर्वाचनमा वडाध्यक्षको प्राप्त मत परिणामसहितको तथ्यांक प्रस्तुत गरिसकेको छैन । ‘हामीले मत परिणामको स्थिति राखेका छौँ, उहाँहरूले पनि राख्नुभएको छ,’ बाँडफाँड कार्यदलका सदस्य तथा एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘तर, उहाँहरूले गृहकार्य पूरा गरेपछि मात्रै थप छलफल हुनेछ ।’एमालेले शनिबारको छलफलमा स्थानीय तह २०७४ मा वडाध्यक्षले प्राप्त गरेको मत परिणामका आधारमा ८५ वटा निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रभन्दा पहिलो रहेको तथ्यांक प्रस्तुत गरेको छ । त्यस्तै, प्रदेश सभातर्फ १७० वटा क्षेत्रमा वडाध्यक्षको मत परिणाममा दुवै दलभन्दा पहिलो रहेको देखाएको छ । कार्यदलमा एमालेबाट महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रको मत नजोडीकनै एमालेकै मतले पहिलो र जित्ने सुनिश्चित देखिएकाले ती क्षेत्रहरू छाड्न नसकिने क्षेत्रका रूपमा पार्टीको ‘बटमलाइन’ प्रस्तुत गरेका छन् । दुई दलले यसअघि नै जुन क्षेत्रमा जुन दल पहिलो छ, त्यो क्षेत्र त्यही दललाई छाड्ने गरी मापदण्ड बनाइसकेका छन् । कांग्रेसपछि दोस्रो र माओवादी केन्द्रसँग तालमेल हुँदा एमालेका प्रत्यक्षतर्फका उम्मेदवारले संघमा कम्तीमा अरू ३० सिट र प्रदेशमा पनि त्यसभन्दा बढी जित्न सकिने एमाले नेताहरूको दाबी छ । ६०/४० को अनुपातको सहमतिअनुसार एमालेले केन्द्रमा ९९ र प्रदेशमा १९८ सिट प्राप्त गर्नुपर्ने हुन्छ ।माओवादी केन्द्रका तर्फबाट महासचिव रामबहादुर थापा बादल र नेता वर्षमान पुन अनन्तले पार्टीका तर्फबाट केन्द्रमा ७० र प्रदेशमा १४४ सिट जित्न सकिने दाबीसहितको सूची प्रस्तुत गरेका छन् । माओवादीले भने वडाध्यक्षको मतका आधारमा एमाले र कांग्रेसभन्दा पहिलो रहेको क्षेत्रका रूपमा परिणामसहितको तथ्यांक प्रस्तुत गरेको छैन । माओवादीले प्रस्तुत गरेको यो सूची नयाँ शक्ति पार्टी नेपालसहित तीन दलबीच ६०/४० को अनुपातमा सिट बाँडफाँड गर्ने सहमतिभन्दा केही प्रतिशत माथि छ । माओवादीले ४० प्रतिशत सिट पाउने सहमति लागू हुँदा केन्द्रमा ६६ र प्रदेशमा १३२ सिट प्राप्त गर्नेछ । ‘उहाँहरूले आफूलाई अलिकति माथि राखेर क्षेत्र र सिटको सूची राख्नुभएको थियो, तर हामीले तपाईंहरूको एमालेकै जस्तो स्थानीय तहको मत परिणामअनुसारको तथ्यांक देखिएन नि भनेपछि उहाँहरूले यो सामान्य ढंगले मात्रै राखेका हौँ, तथ्यांकसहितको वास्तविक सूची होइन भन्नुभो,’ कार्यदलमा एमालेतर्फका एक सदस्यले भने, ‘अनुपातअनुसार मिल्दैन, यही नै अन्तिम पनि होेइन, हामी आन्तरिक गृहकार्य गरेर तथ्यांकसहित छलफलमा बस्ने गरी आउँछौँ भन्नुभएको छ ।’ 

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०२:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६