काठमाडौं, २४ चैत । नेपाल भारत सीमा क्षेत्रमा निर्मित वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) को उद्घाटन गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसबाट चौकी उद्घाटन गरेका हुन् ।भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा वीरगञ्जस्थित सिर्सिया खाल्वाटोला र अलौगाउँको बीचमा यो आईसीपी निर्माण भएको हो ।यो भन्सारको आधुनिक अवधारणा हो । दुई मुलुकको सीमामा भन्सारसँग सम्बन्धित सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने अवधारणा अनुसार आईपीसी निर्माण गरिएको हो ।यसबाट दुई मुलुकबीचको व्यापार सहजीकरण हुनुका साथै खुला नाकामा हुने विचलन नियन्त्रण हुने विश्वास छ ।आईसीपीमा अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटेल, पशु र वनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, पार्किङलगायत सुविधा एउटै कम्प्लेक्सभित्र रहन्छन् ।आईसीपी सञ्चालनमा आएपछि वीरगञ्ज र रक्सौल भन्सार नाकामा देखिएजस्तो मालवाहक सवारीसाधनको जाम र कमिसनको खेल घट्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया