प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत

बुटवल, २३ चैत – प्रदेश नं ५ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।यही चैत २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति कार्यक्रम प्रस्तुत हुनेछ ।यस्तै, आजको बैठकले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रममाथि छलफल गरी केही थपघट गरी पारित गरेको हो ।मन्त्री चौधरीका अनुसार प्रदेश सरकारले चालू आवका लागि रु एक अर्ब दुई करोड बराबरको बजेट ल्याउने र बजेट नीति तथा कार्यक्रममै केन्द्रित रहेर आउनेसमेत जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?