अबको युग : खेलकुदमा रोबोट

काठमाडौं । विश्वमा विज्ञान र प्रविधिको विकाससँगै विकसित हुँदै आएको छ, कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स ।

केही वर्षअघिसम्म मात्र वैज्ञानिकहरूको किताबको पानामा सीमित सिद्धान्त अहिले हाम्रो दैनिकीमा देख्न सकिन्छ । पछिल्लो समयमा अकल्पनीय विकास भएको क्षेत्र हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) । एआईको मदतले अहिले मानिसको जीवन सरल त बनेको छ नै, मानिसले चाह्यो भने जे पनि बनाउन सक्नेरहेछ भन्ने कुराको उदाहरण पनि बन्न सफल भएको छ ।

आफ्नो घरमा बसीबसी प्रयोग गर्न सकिने स्मार्ट एसिस्टेन्सदेखि स्वास्थ्य व्यवस्थापन सामग्रीसम्म सबै एआईले भरिपूर्ण छन् । विकसित देशहरूमा प्रयोग गरिने सेल्फ ड्राइभिङ कारदेखि रोग पत्ता लाउन प्रयोग गरिने म्यापिङ्सम्म, एआईमा मानिसहरू दिन प्रतिदिन निर्भर हुँदै गइरहेको देख्न सकिन्छ ।

सरल उदाहरणको लागि हाम्रो स्मार्ट फोनमा भएका स्पीच रेकोग्निसनदेखि एलेक्सा र सिरीसम्म, सबै एआईका देन हुन् । त्यस्तै एआईले यस संसारलाई दिएको सबैभन्दा महत्वपूर्ण आविष्कारको नम्बर १ मा पर्दछ, रोबोट ।

Smartphone AI: The Trend That Will Make Future Phones Smarter

पछिल्लो समयमा संसार अटोमेटिक प्रविधितर्फ आकर्षित हुँदै गएसँगै रोबोटको प्रयोगमा ह्वात्तै वृद्धि आएको छ । उद्योग, खानी तथा कृषि क्षेत्रमा रोबोटको प्रयोग हरेक वर्ष बढ्दै गएको छ । पहिले मानिसले आफैँ गर्नुपर्ने सबै जोखिमपूर्ण तथा खतरनाक कामहरू अहिले रोबोटले गर्ने गर्दछन् । र मानिसले गरेको भन्दा छिटो र छरितो तरिकाले गर्ने गर्दछन् ।

रोबोटको प्रयोग गरिएको क्षेत्रहरूको उत्पादन दरमा समेत वृद्धि भएको छ भने हरेक वर्ष रोबोटको दक्षतामा पनि उल्लेखनीय उन्नयन आएको छ । त्यसैगरी संसार नै एआईतर्फ ढल्किँदै गर्दा यसको प्रभाव अब खेल क्षेत्रमा पनि आएको देख्न सकिन्छ ।

Discussing the Future of Mining Robots with Prof. Jung

पछिल्लो समयमा विभिन्न खेलको अभ्यासमा खेलाडीले प्रयोग गर्ने सामग्री तथा उपकरणमा एआईको संलग्नता रहेको छ । खेलाडीलाई अभ्यासमा मदत गर्ने उपकरणदेखि उनीहरूको स्वास्थ्य परीक्षण गर्ने सामग्रीसम्म, सबै एआई जडित सामानको प्रयोग गरिँदै आएको छ । यसले खेलाडीको शारीरिक विकास तथा समस्याको समाधानमा ठूलो मदत पनि पु¥याउँदै आएको छ ।

यस्तै प्रक्रियाहरूले गर्दा वैज्ञानिकहरूलाई एआईको विकासमा अझै बढी विश्वास लागेको हुनुपर्दछ । अहिले रोबोटको विकास यसरी भएको छ कि, अब रोबोट खेलाडीको सहयोगमा मात्र होइन, आफैँ खेलाडी भएर मैदानमा उत्रिसकेका छन् ।

Top 21 Industrial Robotics Companies in 2018 | Global Industrial Robotics Market

रोबोटले खेलकुदमा व्यावसायिक खेलाडीभन्दा राम्रो प्रदर्शनी देखाउन सक्छन् भन्दा हामीलाई पत्यार नलाग्न सक्छ । तर यो कुरा सत्य साबित भइसकेको छ । सन् १९९७ मा जापानको सहर नागोयामा आयोजित अन्तर्राष्ट्रिय एआई सम्मेलनले देखेको सपना अहिले पूरा हुन थालेको छ । सन् २०५० सम्म विश्वकप फुटबल जित्ने रोबोट खेलाडी निर्माण गर्ने कुराको दाबी त्यस एआई सम्मेलनले गरेको थियो ।

अहिले सन् २०२१ सम्म आइपुग्दा त्यो अविश्वसनीय कुरा वास्तविकतामा रूपान्तरण हुँदै आएको देख्न सकिन्छ । अहिलेको समयमा भएको एआई तथा रोबोटको विकास हेर्दा लाग्छ, रोबोटले मानिसलाई हराउन अब धेरै समय बाँकी छैन । केही खेल हेर्दा त यस्तो पनि लाग्छ कि, रोबोटको विकास उल्लेखनीय भइसकेको छ र साायद यिनीहरूले व्यावसायिक खेलाडीभन्दा पनि राम्रो प्रदर्शन गर्ने क्षमता राख्दछन् ।

 

फुटबल–रोबोकप

Are These Robots Better Than You at Sports?

सन् १९९७ देखि सुरु भएको यस रोबोटिक खेलकुदको सपना अब विपनामा परिणत भइरहेको अवस्था छ । यस रोबोकपमा रोबोटहरूले शानदार फुटबल खेल्ने गर्दछन् । यस परियोजनाको मुख्य उद्देश्य भनेको रोबोटिक्स र एआईको रिसर्चको मदतले फुटबललाई अझै प्रतिस्पर्धात्मक बनाउने हो । अझै आश्चर्य लाग्दो कुरा त, यसमा रेफ्री समेत रोबोट नै हुने गर्दछन् ।

 

बास्केटबल– सीयूई

Japanese Basketball robot steals the show during halftime

सीयूई एउटा बास्केटबल खेल्ने रोबोट हो । सीयूईको निर्माण टोयोटा कम्पनीले वैकल्पिक परियोजनाअन्तर्गत गरेको हो । सीयूई १९० सेन्टिमिटर अग्लो रहेको छ र यसको सट सटिकता शतप्रतिशत रहेको छ ।

सीयूईले बल उठाउने, एक्लै दौडिने काम भने गर्न सक्दैन तर टार्गेटमा प्रहार गरी शतप्रतिशत स्कोर गर्न भने यसलाई कुनै आपत्ति पर्दैन । ज्यापनिज न्यूज एजेन्सी आसाही सिम्बुनका अनुसार सीयूईले २ लाख पटक सुटिङ अभ्यास गरिसकेको छ र एआईको मदतले यसले हरेक पटक स्कोर पनि गरेको छ ।

 

स्किइङ र आइस हकी– जेनिफर

Robot goes from hockey skates to skis - Winnipeg Free Press

सन् २०१८ मा दक्षिण कोरियाको पियोङचाङ नजिकै विश्वकै पहिलो रोबोट स्किइङ प्रतियोगिता आयोजना गरिएको थियो । १० हजार अमेरिकी डलर पुरस्कार समेत घोषणा गरी दक्षिण कोरियाली सरकारले रोबोटिक्स विकासमा ध्यानाकर्षण गर्न सो प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगिताका नियमहरू केही यस्ता थिए । रोबोट ह्युमानोइड हुनुपर्ने अर्थात् दुई खुट्टामा उभिनु पर्ने, कम्तीमा पनि ५० सेन्टिमिटर अग्लो हुनुपर्ने र स्किइङमा प्रयोग हुने पोल र स्की नै प्रयोग गर्नुपर्ने । सो प्रतियोगिता जित्ने रोबोट जेनिफर अहिले विश्वकै स्किइङ तथा आइस हकी खेल्ने उत्कृष्ट रोबोट भएको छ ।

 

जिम्न्यास्टिक– एटलास

darpa+robots+2019 cheap buy online

एक जमाना थियो जब रोबोट हिँड्न पनि सक्छ भन्दा आश्चर्यको कुरा हुने गर्दथ्यो । तर एटलास यस्तो रोबोट हो जुन जिम्न्यास्टिकमा पनि परिपक्व छ ।

संयुक्त राज्य अमेरिकाको बोस्टन डाइनामिक्सद्वारा निर्मित एटलासले जिम्न्यास्टिकमा गरिने सम्पूर्ण कार्य गर्न सक्दछ, त्यो पनि शतप्रतिशत नतिजासहित । एटलासले सबै तरिकाको जम्प, मिड एयर १८० डिग्री निर्देशन परिवर्तन तथा ब्याक फ्लिप समेत गर्न सक्दछ ।

 

टेबल टेनिस– फोरफिउस

FORPHEUS | Technology | OMRON Global

जापानको इलेक्ट्रोनिक्स कम्पनी ओमरोनले निर्माण गरेको रोबोट फोरफिउसले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेख्न सफल भएको छ । फोरफिउस टेबल टेनिस खेलमा यति परिपक्व छ कि गिनिज बुकले फोरफिउसलाई टेबल टेनिसको कोच भनेर मूल्यांकन गरेको छ ।

फोरफिउसले एकै पटकमा दुईवटा बलको गति सेन्सर गरी प्रतिद्वन्द्वीको चाल समेत ठम्याउन सक्दछ । फोरफिउसमा प्रयोग गरिएको प्रविधिले प्रतिद्वन्द्वीले प्रहार गरेको शटलाई १ हजार पटक विश्लेषण गरी बल आइपुग्ने स्थान र गति पत्ता लगाउन मदत गर्दछ । फोरफिउसको कोचिङ क्लासमा धेरै ज्यापानिज टेबल टेनिस खेलाडी सम्मिलित छन् ।

 

बक्सिङ– रोबोट कम्ब्याट लिग

Fighting robots: Intel duo competes in 'Robot Combat League' - oregonlive.com

रोबोट कम्ब्याट लिग (आरसीएल) रोबोट बक्सिङ प्रतियोगिताबारे एउटा टेलिभिजन कार्यक्रम हो । हरेक हप्ता प्रसारण हुने यस टेलिभिजन कार्यक्रममा मानिसले रिमोट कन्ट्रोलमार्फत रोबोटलाई नियन्त्रण गरी बक्सिङ खेल्ने गर्दछन् ।

हरेक रोबोट ८ फुट अग्लो हुन्छ भने त्यसको तौल १ हजार पाउण्डको हुने गर्दछ । हरेक फाइट तीन राउण्डको हुने गर्दछ । हरेक राउन्डमा रोबो जकीले आ आफ्नो रोबोटलाई रिमोट कन्ट्रोलमार्फत नियन्त्रण गरी बक्सिङ खेलाउँछन् । यस खेलमा प्रयोग हुने सम्पूर्ण रोबोट तथा उपकरणको निर्माण रोबोटिक्स विशेषज्ञ मार्क सेट्राकियानले गरेका हुन् ।

 

रोबोट– सुमो

Watch These Sumo Wrestling Robots Battle It Out

जापान र सुमो रेस्लिङको सम्बन्ध निकै पुरानो रहेको छ । र अहिले रोबोटले पनि सुमो खेल्न थालेका छन् । जापानमा रोबोट सुमो प्रतियोगिता सामान्य भइसकेको छ ।

हरेक रोबोटलाई आकार, तौल र श्रेणीको हिसाबमा समूहिकीकरण गरिन्छ । अझै अटोमेटिक तथा म्यानुअल रोबोटको छुट्टै प्रतियोगिता समेत हुने गर्दछ । सुमो रोबोट हेर्दा सानो तर निकै तेज तथा आक्रामक हुनेगरेका छन् ।

 

ऊँट रेस– रोबोट जकी

Robots Replace Child Jockeys In The Ancient Arab Tradition Of Camel Racing

मध्यपूर्वी राष्ट्रहरूमा ऊँट रेस निकै प्रख्यात खेलमा पर्दछ । साउदी अरेबिया, बहराइन, यूएई र कतारमा यस रेसको महत्व ठूलो भए पनि त्यहाँको अत्यधिक गर्मी मौसमका कारण ऊँट चलाउने जकीलाई भने रेसमा प्रतिस्पर्धा गर्न समस्या देखियो ।

त्यसैको समाधानमा यी राष्ट्रहरूले जकीको विकल्पमा रोबोट जकीको प्रयोग गर्न सुरू गरे । सन् २००४ मा निर्माण गरिएको यस रोबोट जकीले सन् २००५ मा पहिलो पटक कतार ऊँट रेसमा डेब्यू गरेको थियो । यी रोबोटहरू रिमोट कन्ट्रोलद्वारा नियन्त्रण गरिन्छन् । परिस्थितिअनुसार ऊँटलाई निर्देशन दिने काम रोबोटको माध्यमबाट गरिन्छ ।

यसरी खेलकुदको हरेक विधामा रोबोट व्यावसायिक खेलाडीभन्दा परिपक्व र पूर्णरूपमा दक्ष साबित हुँदै आएका छन् । विज्ञान र प्रविधिको विकासले पछिल्लो समयमा एआईको स्तर आकासिएको छ । यस्तै हुने हो भने रोबोटले खेलाडीलाई पाखा लगाई सबै खेलमा आफैँ प्रतिस्पर्धा गर्न अब धेरै कुर्नु पर्दैन ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?