रक्षामन्त्री पोखरेल बने कार्यबाहक प्रधानमन्त्री

काठमाडौँ, २३ चैत- प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका कारण रक्षामन्त्री ईश्वर पोखरेल कार्यबाहक प्रधानमन्त्री बनेका छन् ।प्रधानमन्त्री ओली तीन दिने भारतको राजकीय भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेपछि उनलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।यस्तै नेकपा एमालेको पार्टीको कार्यावाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमलाई दिइएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली २५ चैतमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?