प्रधानमन्त्रीले भारतसँग फलदायी वार्ता गर्नुपर्छः कमल थापा

हेटौँडा, २२ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र राष्ट्रिय अखण्डता माथि आँच नपुग्ने गरी प्रधानमन्त्रीले भारत सरकारसँग फलदायी वार्ता गर्नुपर्ने बताएका छन् ।राप्रपा हेटौँडा उपमहानगरपालिका नगर समितिद्वारा आज आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्न र हुलाकी राजमार्गलाई यथाशीघ्र निर्माण गर्न द्विपक्षीय वार्ता गर्न आग्रह गरे ।अध्यक्ष थापाले राप्रपालाई बैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा विस्तार गर्न कार्यकर्ताले पार्टीको सैद्धान्तिक नीति र कार्यक्रमलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताए ।प्रशिक्षणमा हेटौँडा उपमहानगरपालिकाअन्र्तगत १९ वडाका ३०० अगुवा कार्यकर्ताको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?