काठमाण्डु, २२ चैत– अष्ट्रेलियन राजदूत पिटर बडले वनतथावातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग बिहीबार शिष्टाचार भेट गरेका छन ।सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भयो । भेटमा मन्त्री बस्नेतले अष्ट्रेलिया नेपालको असल मित्र भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध राजदूत बडको कार्यकालमा थप प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले अष्ट्रेलिया अध्ययन गर्न जाने नेपाली विद्यार्थीले भिसा प्रक्रियाकालागि भारतको नयाँ दिल्ली जानुपर्ने अवस्था अन्त्यकालागि नेपालबाटै भिसा उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे । ‘मलाई जानकारी भएसम्म विश्वका विभिन्न मुलुकबाट अष्ट्रेलिया अध्ययनमा जानेमा चौथो बढी संख्या नेपाली विद्यार्थीको छ । नेपालबाट बाहिर जाने विद्यार्थीको पहिलो रोजाई अष्ट्रेलिया छ’, मन्त्री बस्नेतले भने, ‘भिसा आवेदनकालागि नयाँ दिल्ली जानुपर्ने अवस्था अन्त्यकालागि पहल गरिदिनुस् ।’यस्तै मन्त्री बस्नेतले दुई दशकदेखि अष्ट्रेलियाले नेपालको सामुदायिक वनको क्षेत्रमा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा थप सहकार्यको प्रस्ताव राखे। सरकारले वनलाई समृद्धिको आधारका रुपमालिएर संरक्षण र उपयोगको सन्तुलनका माध्यमद्वारा कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य योगदान दिने गरी नीतिनिर्माण गर्न लागेको जनाए । जवाफमा राजदूत बडले नेपालमा हालै सम्पन्न निर्वाचनमा बाम गठबन्धनले बहुमत हासिल गरेकामा बधाई ज्ञापन गर्दै बलियो सरकार बनेकाले नेपालमा राजनीतिक स्थिरता र समृद्धि कायम हुने विश्वास अष्ट्रेलिया सरकारको रहेको बताए । उन आफ्नो जानकारीमा भएसम्म अष्ट्रेलियामा हाल १ लाखभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको र अध्ययन सकिएपछि स्वदेश फर्किउन् भन्ने चाहना रहेको उल्लेख गरे। ‘हामी चाहन्छौं नेपालीविद्यार्थीहरु पढाई सकेर स्वदेश फर्किउन् र अष्ट्रेलियामा आर्जन गरेका ज्ञान, सिप र क्षमता नेपालको विकासमा लगाउन्’, राजदूत बडले भने।जवाफमा मन्त्री बस्नेतले सरकारले आर्थिक विकास र समृद्धिको योजनासँगै अष्ट्रेलिया सहित विदेश अध्ययन गरिरहेका विद्यार्थीलाई अध्ययन पूरा भएपछि स्वदेश फर्काउने वातावरण बनाउने बताए । राजदूत बडले आगामी सन् २०१८ मा आफ्नो सरकारले नेपालको जलविद्युत, वातावरण र खानेपानीको क्षेत्रमा लगानीगर्न चाहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया