विप्लवसहित चार कम्युनिष्ट पार्टीद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, २२ चैत । नत्रविक्रम चन्द ‘विप्लव’, मोहन वैद्य, ऋषिराम कट्टेल र मोहन विक्रमसिंह नेतृत्वका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।चैत २१ गते बसेको चार दलको बैठकले नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्ने आधार तयार पार्न बहस र छलफललाई निरन्तरता दिँदै तत्काललाई संयुक्त आन्दोलन गर्ने निणर््य चार दलले गरेका हुन् ।त्यस्तै बैठकपछि चारै दलका नेताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केशी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यसअघि नेपाल भारतबीच भएका असमान सन्धी सम्झौताको कार्यन्वयन गर्ने सरकारको तयारीको विरोध गर्ने । चैत २४ गते दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रोत परियोजनाको दिल्लीबाट संयुक्त रुपमा उदघाटन गर्ने निर्णयको विरोधमा सोही दिन काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने र वैशाख ३ गते चारवटै पार्टीले अन्तरक्र्रिया गर्ने निर्णय तय गरेको उक्त विज्ञप्तिमा जनाइएको छ ।त्यसैगरी चारवटै पार्टीले शान्तिपूर्ण संगठन र भेलामा सरकारी दमनको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?