विवादित विषयमा सहमति जुटाउन बसेको पार्टी एकता संयोजन समितिको बैठक निश्कर्षबिहीन

काठमाडौँ, २२ चैत – विवादित विषयमा छलफल गर्न बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक विनानिश्कर्ष सकिएको छ ।बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको बैठकमा विवादित तीनवटा विषयमा कुनै छलफल नै नगरी सकिएको हो ।नेताहरुबीच सहमति नभएका विषयमा प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट स्वदेश फर्किएपछि मात्रै छलफल गरेर टुङग्याउने विषयमा कुराकानी भएको माओवादी नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।यसअघि पार्टी एकताका लागि विधान मस्यौदा र राजनीतिक कार्यदल गठन गरी एकताको आधार तयार गर्न दुवै दलका नेताहरुलाई जिम्मेवारी दिइएको थियो । उक्त कार्यदलले खासगरी तीनवटा विषयमा सहमति जुटाउन नसकेपछि त्यसको जिम्मा एकता समितिलाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?