काठमाडौं, २२ चैत । एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको छ ।बिहीबार विहान १० बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा पार्टाी एकता संयोजन समितिको बैठक सुरु भएको हो ।बैठकमा कार्यदलमा मिलाउन बाँकी विषयमा छलफल गरी सहमति जुटाउने प्रयास गर्ने नेताहरुले बताएका छन् ।कार्यदलस्तरमा एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य वा सूर्यभित्र हसियाँ–हथौडा, विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने वा नराख्ने भन्ने विषयमा सहमति जुट्न समेको छैन ।त्यस्तै केन्द्रीय समितिमा कुन पार्टीका कतिजना राख्ने भन्ने विषयमा पनि विवाद छ ।एकीकृत पार्टीको केन्द्रीय समिति २९९ बनाउने यसअघि नै निर्णय भइसकको छ । विवादमा रहेका यी विषयमा संयोजन समितिले टुंगो लगाउने नेताहरुले बताउँदै आएका छन् ।एकीकृत पार्टीको चुनाव चिन्हमा माओवादी नेतहरुले सूर्यभित्र हसियाँ हथौडा राख्नुपर्ने बताउँदै आएका छन् भने एमालेले भने सूर्य मात्रै राख्नुपर्ने अडान लिएको छ ।आगामी वैशाख ९ गते पार्टी एकीकरण घोषणा गर्ने तयारीमा रहेका दुवै दलले विवादित विषयहरु सकेसम्म प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जानुअघि नै सहमति जुटाउने प्रयास गर्ने बताउँदै आएका छन् ।पार्टी एकताको निर्णय अनुमोदन गर्न एमालेले वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय समितिको बैठक बस्ने तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया