ओलम्पिक बटान अब पेरिसतर्फ

आर्जव घिमिरे
728
Shares
TOKYO, JAPAN – AUGUST 08: Fireworks are lit off to end the Tokyo 2020 Olympic Games closing ceremony on day sixteen at Olympic Stadium on August 08, 2021 in Tokyo, Japan. (Photo by Abbie Parr/Getty Images)

काठमाडौं। खेलकुदको महाकुम्भ भनेर चिनिने ओलम्पियाडको ३२औं संस्करण अर्थात् टोकियो ओलम्पिक २०२० औपचारिक रूपमा समाप्त भएको छ।

जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा भएको २ घण्टे १५ मिनेट लामो ‘क्लोजिङ सेरेमनी’मा जापानले ओलम्पिक झण्डा तथा बटान फ्रान्सलाई हस्तान्तरण गर्दै ओलम्पिक समापान भएको जानकारी दियो।

Paris Mayor Anne Hidalgo waves the Olympic flag.अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाकको उपस्थितिमा आयोजना गरिएको समापन समारोहमा ओलम्पिक कालड्रोन निभाइएको थियो। त्यस्तै समापन समारोहमा टोकियो ओलम्पिकलाई सफलतापूर्वक ढंगले आयोजना गर्न मद्दत गरेका स्वयंसेवकको कार्यलाई कदर गर्दै ठूलो पर्दामा ‘आरीगाटो’ (धन्यवाद) पनि लेखिएको थियो।

Tokyo Olympics closing ceremony

पछिल्ला १७ दिनमा खेलिएका सम्पूर्ण खेलकुदको हाईलाइट पनि भिडियोमार्फत कार्यक्रममा प्रस्तुत गरियो। त्यस्तै पुरुष म्याराथनमा पदक जित्न सफल खेलाडीलाई पनि समारोहमा सम्मान गरिएको थियो। यता टोकियो ओलम्पिक भव्य रूपमा समापन भइरहँदा उता फ्रान्सको राजधानी पेरिसमा खुशीयाली छाएको थियो। सन् २०२४ को ओलम्पिक खेलकुद आयोजना गर्न ओलम्पिक बटान तथा झण्डा पेरिसलाई हस्तान्तरण गरिएसँगै पेरिसको आइफल टावर क्षेत्रमा उत्सव मनाइएको थियो।

The Patrouille de France fly over celebrations at the Trocadéro in Paris.

कोरोना महामारीको माझ पनि आयोजना गरिएको यस पटकको ओलम्पिकमा संयुक्त राज्य अमेरिकाले सर्वाधिक पदक जित्न सफल भयो। अमेरिकाले कुल ११३ पदक जित्दा सर्वाधिक स्वर्ण पदक समेत हात पार्न सफल भएको छ। अन्तिम दिनको प्रतिस्पर्धामा चीनलाई स्वर्ण पदक तालिकामा उछिन्दै अमेरिकाले फेरि एकपटक ओलम्पिकमा शानदार प्रदर्शनी देखाएको हो। पदक तालिकामा चीन, आयोजक राष्ट्र जापान र ग्रेट ब्रिटेन क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहन पुगे।

निकै नै गार्हो समयमा पनि सफलतापूर्वक रूपमा आयोजना गरिएको टोकियो ओलम्पिक विभिन्न कारणले यादगार रहनेछ। त्यसमध्येका केही झलक:

 

१) उत्कृष्ट काएलेब ड्रेसल

अमेरिकाका काएलेब ड्रेसलले टोकियो ओलम्पिकमा ५ स्वर्ण पदक जित्न सफल भए। पौडी विधामा उत्कृष्ट प्रदर्शनी गरेका ड्रेसलले ‘१०० मीटर बटरफ्लाइ’मा ४९.४५ सेकेन्डको विश्व किर्तिमान समेत रच्न सफल भए।

 

२) ४०० मीटर हरडल्समा विश्व किर्तिमान

नर्वेका कार्सटनले पुरुष ४०० मीटर हरडल्समा शानदार प्रदर्शन गरे। उनले ४६ सेकेन्डको समयलाई उछिन्दै ४५.९४ सेकेन्डमा दौड पूरा गर्न सफल भए। त्यस्तै दोस्रो र तेस्रो स्थानमा दौड पूरा गर्ने खेलाडीले समेत पूर्व विश्व किर्तिमान तोड्न सफल भए।

 

३) एलियानेको तिब्र गति

जमाइकाकी धावक एलियाने थम्प्सन यस ओलम्पिककै उत्कृष्ट खेलाडीको सूचीमा पर्दछिन्। उनले महिला १०० मीटर, २०० मीटर तथा ४*१०० मीटर विधा गरी तीन स्वर्ण पदक जित्न सफल भइन्।

 

४) दुई मित्रले नै जिते स्वर्ण

पुरुष हाइजम्पमा कतारका मुताज एसा बर्शिम तथा इटालीका जियानमार्को तामबेरी दुवैले स्वर्ण पदक जित्न सफल भए। उनीहरू दुवैजना निकटका मित्र भएको कारणले टाइ ब्रेकरको सट्टा दुवैले स्वर्ण पदक बाँडेका छन्।

 

५) मेकियोनका पदक

अस्ट्रेलियन पौडीबाज एम्मा मेकियोनले टोकियो ओलम्पिकमा ७ पदक जित्न सफल भइन्। उनले पौडीको विभिन्न विधामा ४ स्वर्ण, १ रजत तथा २ काश्य पदक गरी जम्मा ७ पदक जितेकी हुन्।

 

६) ब्राजिलको फुटबलमा सफलता

पुरुष फुटबलतर्फको स्वर्ण पदक फेरि ब्राजिल नै जाने भएको छ। सन् २०१६ रियो ओलम्पिकमा पनि स्वर्ण पदक जितेको ब्राजिलले लगातार तीन ओलम्पिक फाइनल खेल्दा दोस्रो स्वर्ण पदक जितेको हो।

 

७) भारतको स्वर्ण

भारतका निरज चोपडाले टोकियो ओलम्पिकमा आफ्नो राष्ट्रको लागि स्वर्ण पदक जित्न सफल भए। उनले ज्याभेलिन थ्रोमा स्वर्ण पदक जित्दै इतिहास रचेका छन्। भारतका लागि यस ओलम्पिककै एकमात्र स्वर्ण पदक जितेका चोपडाले ट्रयाक तथा फिल्ड विधामा भारतकै पहिलो ओलम्पिक स्वर्ण पदक जित्न सफल भएका हुन्।

 

“सी यु इन पेरिस”, समापन समारोहको अन्त्यमा आईओसीका अध्यक्ष बाकले भने।

International Olympic Committee President Thomas Bach, center, and others on stage each form a heart with their hands during the closing ceremony.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?