काठमाडौँ, २१ चैत- एमालेको आजको स्थायी कमिटी बैठकले पार्टी एकताबारे औपचारिक निर्णय गर्न आगामी वैशाख ३ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । निर्वाचनदेखि वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन बुझाइएको थियो ।प्रतिवेदनमा नेकपा स्थापना दिवस वैशाख ९ मा एकता गर्न सुझाव दिइएको छ । एकताको मिति र कार्यदलले मिलाउन बाँकी विषयमा छलफल गर्न बिहीबार एकता संयोजन समितिको बैठक बस्दैछ । गत फागुन ७ मा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेका थिए ।यसैबीच नेकपा (एमाले) संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन् ।दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बसेको बैठकले दलका प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई जिम्मेवारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया