एमाले स्थायी समितिको बैठक सम्पन्न, वैशाख ७ गते केन्द्रीय कमिटिको बैठक

काठमाडौं, २१ चैत । नेकपा एमालेको आज बसेको स्थायी समितिको बैठक सम्पन्न भएको छ ।बैठकले आगामी ७ गतेको लागि केन्द्रीय कमिटिको बैठक बोलाएको छ ।बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समितिको बैठकले पार्टी एकता लगायतका विषयमा विस्तृत छलफल गर्न आगामी वैशाख ७ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।सो बैठक अघि वैशाख ६ गते पोलिटब्यूरो बैठक पनि बस्नेछ विभाग प्रमुख भट्टराईले बताए । बैठकमा पार्टीको नीति, कार्यक्रम, बजेटलगायतका विषयमा समेत छलफल हुनेछ ।बुधबारको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माओवादी सङ्गको पार्टी एकताका विषयमा सङ्क्षिप्त जानकारी गराएका थिए ।उनले भोलि एकता संयोजन समितिको बैठकबाट दुवै कार्यदलका प्रतिवेदन अनुमोदन गर्ने र आगामी वैैशाख ९ गते पार्टी एकताको सार्वजनिक घोषणा गर्ने विषयमा जानकारी गराएको बताइएको छ ।यस्तै उनले आसन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराएका थिए । आफ्नो भारत भ्रमण देशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउनका लागि भएको उनको भनाई थियो ।बैठकले नेता जेपी भेटवालको निधनमा शोक प्रस्ताव समेत पारित गरेको भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?