ट्रेड युनियन काँग्रेस काठमाडौंको जिल्ला अधिवेशन स्थगित

काठमाडौँ, २१ चैत । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँको जिल्ला अधिवेशन स्थगित भएको छ ।यही चैत १४ गते देशभरका अधिवेशन भइरहँदा काठमाडौँको अधिवेशन चैत २१ गते गर्ने भनिए पनि प्रतिनिधि विवादका कारण स्थगित भएको हो ।विभिन्न श्रमिक क्षेत्रका २४ संस्थाका दुई हजार ४०० महाधिवेशन प्रतिनिधि आबद्ध संस्थामा होटल क्षेत्रको प्रतिनिधि विवादका कारण स्थगित गरिएको नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँका अध्यक्ष गणेश भट्टराईले जानकारी दिए ।नेपाल ट्रेड युनियन केन्द्रको निर्णयअनुसार अधिवेशन स्थगित गरिएको भट्टराईले बताए । नेपाल ट्रेड युनियन काँग्रेसको काठमाडौँमा झण्डै ७० हजार श्रमिक आबद्ध छन् ।अधिवेशन आगामी चैत २६ गते सोमबारलाई तोकिएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हुँदा नयाँ नेतृत्वका लागि देवीप्रसाद भुसाल र भगवती फुयाँल अध्यक्षको प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?