काठमाडौं, २१ चैत । नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् ।बुधबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो ।बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता बनाउने प्रस्ताव राखेका थिए ।त्यस्तै, एमाले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया