यसरी जिरा खाँदा शरीरको बोसो चाँडै घट्छ

लोकपथ
1.3k
Shares

लकडाउन, कोरोना सङ्क्रमण आदिले मर्निङ वाकदेखि एक्सरसाइज गर्न नपाएको कारण पक्कै पनि तपाईंहरूलाई आफ्नो तौल बढेको महसुस भइरहेको होला । लगातार तौल बढी रहेको र शरीरमा लागेको बोसो पनि नघटेको कारणले धेरैलाई चिन्ता पनि लागिरहेको होला ।

यस्तो अवस्थामा आफ्नो शरीरको तौल र शरीरमा लागेको बोसोलाई कसरी कम गर्ने भन्ने विषयमा धेरै जना सोचिरहनु भएको होला । तपाईंको यो समस्यालाई भान्छामै भएको एक मसलाले समाधान गरिदिन्छ । भान्छामा पकाइने खानाको स्वाद बढाउन बढी जसो प्रयोगमा आउने जिरालाई फरक ढङ्गले सेवन गर्दा तपाईंलाई नै आश्चर्यमा पार्ने गरेर तपाईंको तौल र शरीरमा लागेको बोसोलाई घटाइदिन्छ ।

जिरामा रहेको तत्त्वले शरीरको तौल घटाउन र बोसोलाई पगाल्न मात्र मद्दत गर्दैन । यसको नियमित सेवनले मुटु रोगलाई समेत राम्रो गर्छ । यसका रहेका विभिन्न तत्त्वले पाचन क्रियालाई राम्रो बनाउँछ । जिरामा रहेको तत्त्वले शरीरमा मेटाबोलिजमको मात्रा समेत बढाउन मदत गर्छ ।

जिराको सेवन गरेर तौल घटाउन चाहनुहुन्छ भने प्रत्येक बिहान १ चम्चा जिरालाई दुई गिलास पानीमा हालेर उमाल्नुहोस् । उमालेको पानी एक गिलास भएपछि छानेर पिउनु होस् । यदि उमालेर पिउन मन लाग्दैन भने बिहान खालि पेटमा खानुभन्दा अघिल्लो रात जिरालाई पानीमा भिजाएर राख्नुहोस् । यसरी भिजाउँदा पनि जिरामा रहेको सबै पोषक तत्त्व पानीमा घोलिएको हुन्छ । उक्त पानीलाई छानेर खालि पेटमा पिउन सक्नुहुन्छ ।

यो तरिकाबाट निकालेको पानीलाई कति पटक पिएमा तपाईंले सोचेअनुसार आफ्नो तौल र बोसो हटाउन सकिन्छ होला भन्ने जिज्ञासा पनि हुनसक्छ ? यदि तपाईं आफ्नो शरीरको तौललाई नियन्त्रण र बोसोलाई कम गर्न चाहनुहुन्छ भने जिरा पानीको सेवन दैनिक बिहान खालि पेटमा गर्ने गर्नुस् । योबाहेक तपाईंलाई अझ चाडै घटाउन मन छ भने दिनको अधिकतम ३ गिलाससम्म पिउन सक्नुहुन्छ । यसरी अन्य बेलामा पिउँदा सकभर पेट खालि भएको अवस्थामा सेवन गर्नु राम्रो हुन्छ ।

जिरा पनी नियमितरूपमा खाँदा कहिलेकाहीँ दिक्क लाग्ने पनि हुनसक्छ । यदि जिरा पानीलाई तपाईंले केही फरक ढङ्गले बनाउनुभयो भने यसको स्वादमा परिवर्तन पाउनुका साथै थप स्वादिष्ट समेत हुनेछ ।

जिरा र दालचिनी

जिरा पानीलाई थप स्वादिष्ट र शरीरमा अझ बढी प्रभावकारी बनाउन जिरा र दालचिनी मिश्रित पानी पनि बनाउन सक्नुहुन्छ । जिराको रस तताएर निकाल्ने बेलामा दालचिनीको टुक्रा वा धुलोलाई त्यसमा हालेर पनि तयार गर्न सक्नुहुन्छ । दालचिनी पनि हाम्रो शरीरलाई निकै नै स्वास्थबर्धक मानिन्छ । यसले हाम्रो शरीरको मेटाबोलिजमलाई बढाउने काम गर्छ भने यसले पनि तौल घटाउन मदत गर्छ । दालचिनीमा रहेको एन्टिइम्फ्लेमेटरी गुणले शरीरमा ग्लुकोजको मात्रालाई समेत स्थित बनाउन मदत गर्छ । दालचिनी मिलाएको जिरा पानी बनाएर पिउँदा यसको स्वाद अझ बढी स्वादिलो हुन्छ ।

कागती र जिरा

जिरा पानी तयार भएपछि त्यसमा कागतीको रस स्वादअनुसार हालेर पिउँदा पनि नियमित जिरा पानीको स्वादमा फरकपन आउने गर्छ । कागतीमा रहेको साइट्रिक एसिडले हाम्रो शरीरमा मेटाबोलिजम बढाउन मदत गर्छ । कागतीले हाम्रो शरीरमा रहेको क्यालोरीलाई बर्न समेत गर्छ ।

मेथी र जिरा

जिरा पानीको स्वादलाई फरक बनाएर अरू स्वास्थ्य समस्याहरूलाई पनि समाधान गर्ने हो भने मेथी र जिराको रस पनि अर्को विकल्प हो । मेथी र जिरालाई एकै पटक उमालेर छानेर पिउँदा तपाईंले पक्कै पनि फरक स्वाद पाउनु हुनेछ । मेथीमा रहेको गुणले रगतमा रहेको कोलेस्ट्रोलको मात्रालाई कम गर्न र विभिन्न हार्मोनहरुको समस्यालाई समाधान गर्छ ।

जिरा र एप्पल साइडर

एप्पल साइडर सेवन गर्नुको पनि धेरै फाइदा रहेको छ । कोलेस्ट्रोललाई कम गरी पाचन क्रियालाई राम्रो बनाउने हो भने उमालेको जिरा पानी मनतातो भएपछि एक चम्चा एप्पल साइडर, मह र एक चिम्टी दालचिनी मिसाएर पिउनुभयो भने त्यो रस निकै स्वादिष्ट हुनुका साथै शरीरमा अझ धेरै प्रभावकारी हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?