काठमाडौं, २१ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी केन्द्रबीचको एकता रोक्नका लागि भित्र बाहिरबाट नै चलखेल भएको बताएका छन् ।माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भएकाले सचेत रहन आग्रह गरेका हुन् ।उनले सचेत ढंगले पार्टी एकताका पक्षमा भूमिका खेल्न र चलखेलबाट प्रभावित नहु्न सबै सांसदहरुलाई निर्देशन दिए ।एमालेसँगको पार्टी एकता सहज ढंगलले अघि बढिरहेको बताउँदै प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकताको टुंगो लगाउने जानकारी पनि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया