काठमाडौं, २१ चैत । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफूसँग रहेका सुरक्षाकर्मीहरु फिर्ता गर्ने भएका छन् ।उनले आगामी बैशाख १ गतेदेखि व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) बाहेक सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका हुन् ।सरकारले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट (भीआईपी) व्यक्तिहरुको सुरक्षा चुनौती विश्लेषण गरेर सुरक्षाकर्मीहरुको टोली खटाउँदै आएको छ । यसरी सुरक्षाकर्मी खटाइँदा धेरै जनशक्ति दुरुपयोग भइरहेको ठहरसहित डा.भट्टराईले सुरक्षा टोली फिर्ता गर्ने निर्णय लिएका हुन् ।सुरक्षा टोली खटाउने प्रक्रिया सुधार गर्नका लागि नियम पुनरावलोकन गर्न उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेरै आग्रह गरेका थिए ।सोही आग्रह उनले विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखलाईसमेत गरेको भट्टराईको सचिवालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया