काठमाडौं, २१ चैत । भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्र्रधानमन्त्रीसहित परराष्ट्र मामिलाका जानकार व्यक्तित्वहरुसँग छलफल गरिरहेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ः३० बजेदेखि छलफ सुरु भएको हो ।छलफलमा भारत भ्रमणका क्रममा नेपालले उठाउनु पर्ने विषयबारे ओलीले सुझाव माग्ने बताइएको छ ।छलफलमा पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, लोकेन्द्र बहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागि छन् भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मामिलाका जानकार भेष्बहादुर थापा, निलम्बर आचार्यलगायतको पनि बैठकमा सहभागिता रहेको छ ।प्रधानमन्त्री ओली यहि शुक्रबारदेखि भारत भ्रमणमा जाँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया