काठमाडौं, २० चैत– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै एमाले र माओवादी पार्टीबीच एकता हुने सम्भावना टरेको छ । विवादित विषयमा दुई पार्टीबीच छलफल समेत नभएकाले ओलीको भारत भ्रमणअघि एकता टरेको हो । अब नेताहरुले आगामी बैशाख ९ गते नै एकता गर्ने गरी छलफल गर्ने बताएका छन् ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टी सम्मिलित एकता संयोजन समितिको बैठकमा बैशाख ९ गते कम्युुनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर एकता गर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।उनका अनुसार आजको बैठकमा संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । उक्त दुई कार्यदललाई प्रतिवेदन तयार पारेकोमा धन्यबाद दिने काम भएको र अब अर्को बैठकमा थप विषयमा छलफल हुने श्रेष्ठको भनाई छ ।नेताहरुका अनुसार आजको बैठक औपचारिकतामै सीमित रह्यो । जवकी विभिन्न विषयमा समितिमा विवाद रहँदै आएको थियो । अब आगामी २२ गते अर्को बैठक बस्ने र सो बैठकमा विवादित विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया