प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता हुँदैनन्, अध्यक्ष प्रचण्ड’

चितवन, २० चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ र महत्वपूर्ण विषयहरुमा छलफल र सम्झौता नहुने बताएका छन ।बखान सहकारी संस्था लि चितवनको बखान राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास गर्न चितवन पुग्नुभएका अध्यक्ष प्रचण्डले भारतीय मीडियाहरुमा आएजस्तो महाकाली सन्धि र अन्य नयाँ कुनै पनि विषयमा सम्झौता नहुने बताएका हुन् ।भ्रमण दुई देश बीचको मित्रता सम्बन्ध सुधारका लागि मात्र सीमित हुने उनले बताए । ‘भ्रमण दुई देशीय सम्बन्धमा केन्द्रित हुन्छ’ अध्यक्ष प्रचण्डले भने ।साथै अध्यक्ष प्रचण्डले बाहिर मीडियामा आएजस्तो एमाले र माओवादीबीच पार्टी एकतामा कुनै विवाद नरहेको बताए । उनले भने, “बैशाख ९ गते दुई पार्टीको बीचमा एकता हुदैँछ, बाहिर आएजस्तो विवाद छैन, पार्टी एकता प्रतिशतका आधारमा हुदैँन, सिद्धान्तका आधारमा हुन्छ । तर, सम्मानजक एकता हुन्छ ।”एकता संयोजन समितिको प्रतिवेदन आउन केही ढिला भएका कारण घोषणा गर्न ढिला भएको उनले बताए । मंगलबार साँझसम्म प्रतिवेदन शीर्ष नेताले प्राप्त गर्ने पनि अध्यक्ष प्रचण्डले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?