भारत जानुअघि ओलीले भने–कसैले सम्बन्ध बिगार्न खोजेपनि त्यो सम्भव हुँदैन

काठमाडौँ, २० चैत- प्रधानमन्त्री केपी ओलीले छिमेकी मुलुक सँगको सम्बन्ध पारस्पारिक र मित्रतापुर्ण हुने बताएका छन् ।मंगलबार आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउदै उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध समानता र मित्रतापुर्ण हुने भन्दै त्यसवाट लाभ लिन सक्नुपर्ने बताए । उनी चैत २३ देखि २ दिने भारत भ्रमणमा जाँदैछन् ।उनले भारत भ्रमणका क्रममा आफ्नो प्रतिनिधि मण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामुहिक एक्लाएक्लै गर्ने भेट गर्ने भन्दै भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति उपराष्ट्रपति लगायतँग महत्वपुर्ण भेटबार्ता हुने जानकारी गराए ।उनले भ्रमणका बेला आफुले नयाँ समझदारी गर्न भन्दा पनि यसअघि भएको सहमति र सम्झौतालाई कार्यन्वयनतर्फ लैजान केन्द्रीत हुने बताए ।उनले विकास र सम्बृद्ध नेपाल बनाउन सरकार छिमेकीसँग समानताका आधारमा अघि बढ्न इच्छुक रहेको बताए ।उनले भने–विकासका सम्भावनाका योजनाहरु हामी छिमेकीहरुबाट खोज्छौ । पारस्पिारक आधारमा खोज्छौ । छिमेकीसँगको सम्बन्ध पारस्पिारिक र मित्रत्रता पुर्ण हुन्छ । छिमेक नीतिको प्रस्ताव विन्दु नै मित्रत्रा हो ।उनले शंकारहित र भरपर्दो सम्बन्ध बनाउने नीति सरकारको रहेको पनि संसद बैठकमा जानकारी गराए ।उनले नेपाल भारतबीच सदियौ र बहुआयामीक र मैतिपुर्ण रहेको भन्दै कहिलेकसैले सम्बन्ध विगार्न खोजेपनि त्यो सहज नहुने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?