काठमाडौँ, २० चैत- मन्त्रिपरिषद बैठकले चैत २३ देखि २५सम्म हुने प्रधानमन्त्री केपी ओलीको राष्ट्रिय भारत भ्रमण अनुमोदन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री ओलीको राष्ट्रिय भारत भ्रमण अनुमोदन गरेको सुचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । त्यस्तै बैठकले चिकित्सा शिक्षा र वेपत्ता सम्बन्धी विधेयक आज बस्ने संसद बैठकमा टेवल गर्ने निर्णय गरेको छ । यही माग गोविन्द केसीले गर्दै आएका थिए ।त्यसैगरी भुक्तानी प्रणाली व्यवस्थित गर्न भुक्तानी तथा फस्र्योट विधेयक स्वीकृत गर्नुका साथै विधेयक सहजीकरण समितिको सदस्यमा कमल चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ । विधेयक सहजीकरण समितिमा महान्यायाधीवक्ता अध्यक्ष रहने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया