भूकम्प पीडितलाई एक लाख दिने निर्णय भएकै होः राप्रपा

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडितलाई एक लाख दिने निर्णय भएको दाबी गरेको छ । देउवा नेतृत्वको सरकारमा राप्रपा पनि सहभागि थियो ।तर सो निर्णय कार्यान्वयनमा नरहेको सार्वजनिक भएपछि एक विज्ञप्ति जारी गर्दै राप्रपा प्रवक्ता सुशील कुमार श्रेष्ठले निर्णयलाई अविलम्ब कार्यान्वयन गर्न मा गरेका छन् ।‘भुकम्प पिडितहरुलाई थप रु.१ (एक) लाख सहयोग अनुदान दिने पूर्ववर्ति सरकारको निर्णय अभिलेखमा नै नभएको भन्ने कुरा सार्वजनिक भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी दुःख व्यक्त गर्दछ । राप्रपा समेत सम्मिलित पूर्ववर्ति सरकारले विधिवत गरेको निर्णयलाई अविलम्ब कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?