जटिल बन्दै एमाले नेता भेटवालको स्वास्थ्य अवस्था

चितवन, १९ चैत । एमाले नेता जागृतप्रसाद भेटवालको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता भेटवालाई वीर अस्पतालमा लगिएको छ । क्यान्सर रोगबाट पीडित उनलाई वीर अस्पतालको आसियूमा राखि उपचार गराइएको छ ।क्यान्सरको अन्तिम स्टेजमा रहेको भेटवालको शरिरका सबै अंगमा क्यान्सर रोग फैलिसकेको चिकित्सकहरुले बताएका छन् । उनलाई ०६२ सालदेखि नै यो समस्या थियो । ०६६ सालमा राम्रोसँग उपचार गरेपछि क्यान्सर भएको पुष्टि भयो ।उनलाई शुरुमा प्रोस्टेटको क्यान्सर देखिएको थियो । नेता भेटवालको अवस्था गम्भीर बन्दै गएको प्रदेश नः ३ का सांसद विजय सुवेदीले जानकारी दिए ।नेता भेटवाल डेढमहिना अघिबाट काठमाडौंमा नै उपचार गराइरहेका छन् ।काठमाडौं उपचारका लागि आएदेखि मिडसिटी अस्पतालमा उपचार गराइरहेका नेता भेटवाललाई गत फागुन १३ गते एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरी उपचारमा कुनै पनि कमी नगर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?