काठमाडौं, १९ चैत । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रको भ्रष्टाचार र सिन्डिकेटको अन्त्य गर्नुपर्ने बताएका छन् ।यातायात क्षेत्रको सिन्डिकेट जनताको हितमा नभएको भन्दै गृहमन्त्री बादलले यसको अन्तय गर्ने स्पष्ट पारे । यातायात क्षेत्रमा लामो समयदेखि सिन्डिकेट कायम रहँदै आएको छ ।गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले भने, ‘सिन्डिकेटको अन्त्य गर्नुपर्छ, जनताको हितका लागि हो भने सिन्डिकेट तोड्नुपर्छ ।’जनताको चाहना सिन्डिकेट नभएको भन्दै उनले जनताको चाहना अनुसार यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने धाराणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया