काठमाडौं, १९ चैत । प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनको बैठक आज बस्दैछ । पूर्वमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न सोमबार दुवै सदनको बैठक बस्न लागेको हो ।प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिसभाको बैठक २ बजेका लागि तय गरिएको संसद सचिवालयले जनाएको छ । दुवै सदनको बैठकले शोक प्रस्ताव पारित गराउने कार्यसूची रहेको छ ।खड्काको गत शुक्रबार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।हिजो उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । निधन भएको ३ दिनपछि संसदले पूर्वसांसद् खड्काको शोक प्रस्ताव पारित गर्न लागेको हो ।शोक प्रस्तावबाहेकका कार्यसूचीमा भने आज छलफल नहुने सचिवालयले जनाएको छ । शोक प्रस्ताव पारितपछि थप विषयमा छलफल नहुने परम्पराअनुरुप अन्य कार्यसूचीमा छलफल नहुने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया