वर्षा मौसममा चामल र गेडागुडीमा किरा लाग्न कसरी नदिने ?

लोकपथ
9.2k
Shares

वर्षा महिनामा मौसम ओसिलो हुन्छ, जसको कारण धेरैको घरमा राखेको चामल र गेडागुडीमा किरा पर्ने गरेको होला रु यस्तो अवस्थामा चामल र गेडागुडीलाई फ्याँक्न पनि सकिँदैन भने केलाएर पकाएर खान पनि सकिँदैन । त्यसैले वर्षा महिनामा चामल र गेडागुडीमा सकभर किरा पर्न नदिनु नै राम्रो हुन्छ । यसरी चामल र गेडागुडीमा किरा लाग्न नदिने केही अचुक घरेलु उपायहरू पनि नरहेका होइनन् । जसलाई तपाईँहरूले प्रयोग गरेर चामल गेडागुडीलाई सुरक्षित रूपमा किरा लाग्न नदिई अरू बेलाको जस्तै पकाएर विना हिचकिचाहट खान सक्नुहुन्छ ।

ल्वाङको प्रयोग

चामल र गेडागुडीलाई वर्षाको मौसममा किरा लाग्न वाट जोगाउने हो भने ल्वाङको प्रयोग पनि उपयोगी मानिन्छ । चामल र गेडागुडी राखेको भाँडो ९बट्टा वा बोरा० मा १५–२० वटा सिङ्गो ल्वाङ राख्नुहोस् । यसरी ल्वाङ राख्दा दुई वटा फाइदा हुन्छ । एउटा चामल र गेडागुडीमा किरा लागेको छ भने ल्वाङको सुगन्धले किरालाई भगाउँछ भने अर्को तर्फ किरा लाग्नबाट समेत चामल र गेडागुडीलाई जोगाउँछ ।

तेज पात र निमको पातको प्रयोग

वर्षाको मौसममा चामल र गेडागुडीमा किरा पर्नबाट जोगाउने हो भने चामल र गेडागुडी राखेको भाँडोमा निम वा तेज पातको पनि प्रयोग गर्न सकिन्छ । तेज पात वा निमको १०–१५ वटा सुकेको पातलाई चामल र गेडागुडी राखेको भाँडोमा राखिदिनु भयो भने अनाजमा किरा पर्न दिदैंन ।

फ्रिजमा राख्ने

वर्षाको मौसममा चामल र गेडागुडीमा किरा पर्ने सम्भावना बढी हुन्छ । चामल र गेडागुडीलाई किरा लाग्न नदिने अर्को उपायमा फ्रिज पनि रहेको छ । कुनै हावा नछिर्ने बट्टामा चामल र गेडागुडी राखेर फ्रिजमा राख्नु भयो भने पनि चामल र गेडागुडीमा किरा पर्दैन ।

सलाईको प्रयोग

चामल र गेडागुडीमा किरा पर्ने समस्या छ वा वर्षा महिनामा किरा पर्नबाट चामल र गेडागुडीलाई जोगाउन चाहनु हुन्छ भने सलाईको प्रयोगबाट पनि सक्नुहुन्छ । चामल र गेडागुडी रहेको बट्टा वा बोराको छेउछाउमा प्रयोग नगरेको काँटी भएको सलाईलाई राख्दा पनि चामलमा किरा पर्दैन । सलाईमा सल्फर भएको कारण यसको गन्धले चामलमा लाग्ने किरालाई लाग्न वा हुर्किन दिँदैन ।

लसुनको प्रयोग

यदि चामल र गेडागुडीमा किरा लागेको छ वा वर्षाको मौसममा किरा लाग्ने सम्भावना छ भने लसुनको पोटीलाई नछोडाई बोक्रा सहित नै बोरा वा भाँडोमा चामल र गेडागुडीसँग मिसाएर राखिदिए हुन्छ । यसरी राख्दा लसुन सुकेको खण्डमा त्यसलाई हटाएर नयाँ राख्ने गर्दा चामल र गेडागुडीमा लामो समयसम्म किरा लाग्न दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?