राजनीतिक योद्धाको सम्मान हुनुपर्छ : राष्ट्रपति

काठमाडौं, १७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पु¥याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छन् ।आज १०९ औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा उहाँले राईलगायत राजनीतिक परिवर्तनमा योगदान पु¥याएकालाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गरिन् ।राईको जन्मस्थललाई सरकारले रामप्रसाद राई गाउँपालिका राखेर सम्मान दिएको उल्लेख गर्दै उनले स्वतन्त्र सेनानीका रुपमा रहेका राईको योगदानलाई सरकारले विशेष सम्मान दिनुपर्ने बताइन् ।राष्ट्रपति भण्डारीले विसं २००७ को राजनीतिक परिवर्तन ल्याउन राईले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले अहिलेको लोकतान्त्रिक गणतन्त्र ल्याउने श्रेय राईलाई पनि जाने उल्लेख गरे ।कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विगतको सरकारले राईलाई राम्रोसँग चिन्न नसकेको भन्दै अबको संघीय लोकतान्त्रिक सरकारले चिन्ने बताउँदै उनले विसं २००७ मा पु¥याएको योगदानका आधारमा राज्यले सम्मान गर्नुपर्ने धारणा राखिन् ।कार्यक्रममा नयाँ नेपालमा राईजस्ता योद्धाको सम्मान गरिने भन्दै मुख्यमन्त्री राईले प्रदेश मन्त्रिपरिषद् बैठकले राईको जन्मथलोलाई नमूना गाउँ बनाउने निर्णय गरेको जानकारी गराए ।कार्यक्रममा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विसं २००७ को परिवर्तन ल्याउनका लागि रामप्रसाद राईले पूर्वबाट महत्वपूर्ण भूमिका खेलेको चर्चा गरिन् ।कार्यक्रममा राष्ट्रपति भण्डारीले कविता महोत्सवमा उत्कुष्टलाई पुरस्कार वितरण गरेकी थिइन् । महोत्सवमा ऐश्वर्य श्रेष्ठ प्रथम, सीता भट्टराई द्वितीय र बलिराज खम्बु, सागर घिमिरे र धर्मानन्द भट्ट तृतीय भएका थिए ।यसैगरी राष्ट्रपति भण्डारीलाई प्रतिष्ठानका अध्यक्ष तारादेवी राईले सम्मान गरेकी थिइन् । सोही कार्यक्रममा राष्ट्रपति भण्डारीले मुख्यमन्त्री राई, नेकपा (एमाले)का नेता प्रदीप नेपाल, शिक्षासेवी उमेश श्रेष्ठ, साहित्यकार सचित राईलगायत १२ जनालाई सम्मान गरेकी थिइन् ।रामप्रसाद राई विसं १९६५ फागुन ८ गते भोजपुरमा जन्मिएका थिए । उनी विसं २००८ सालमा बेपत्ता भएका थिए । विभिन्न अध्ययनले उनको राज्यपक्षबाट हत्या भएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?