काठमाडौं, १७ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज नेपाल ल्याइदै छ ।भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा खड्काको शुक्रबार निधन भएको थियो । उनको शब आज अपरान्ह नेपाल ल्याउने तयारी भएको छ ।उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार नेपाली कांग्रेसको कार्यालय सानेपामा राखिने र त्यसपछि पशुपती आर्यघाटमा अन्त्येष्टि गरिने काँग्रेसले जनाएको छ ।मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो । काँग्रेसका प्रभावशाली नेता खड्काको निधनका कारण कांग्रेसले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया