१९ मङ्सिर २०७९, सोमवार

महिला उद्यमी श्याम बदन : जसले दुर्लभ नेपाली संस्कृतिलाई क्राफ्ट्को माध्यमबाट ३८ वर्षदेखि विदेशमा चिनाईन्

२०७८,श्रावण,४,सोमवार १२:४६

1.08k
Shares

हाम्रो वरिपरि रहेका प्राकृतिक स्रोत साधनलाई उपयोग गर्दै आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित नाम हो – श्याम बदन श्रेष्ठ ।

उनले महिला सशक्तीकरण, सांस्कृतिक पहिचान र वातावरणको क्षेत्रमा गरेको प्रयास आफैँमा प्रशंसनिय त छ नै, धेरैका लागि यो प्रेरणा समेत बनेको छ । उनको यो प्रयासबाट जन्मिएको नाम हो – ‘नेपाल नट्क्राफ्ट केन्द्र’ एन.के.सि होमवेयर बुनाई कम्पनी। जसले म्याक्रोमेम उत्पादनहरू, पुर्नचक्रित काठका वस्तुहरू र प्राकृतिक फाइबरले बनेको उत्पादनहरूको एक उदाहरणिय र अग्रणी निर्माता हो ।

सोखले जन्माएको विजनेस

श्यामले सोखको रूपमा म्याक्रोमेम गर्ने र नेपालभरिबाट बुनाई गर्ने तकनीकहरूको अनुसन्धान गर्ने सोचलाई अगाडी बढाउने निधो गरिन् । यसक्रममा १० वर्षको शिक्षणपछि श्याम बदनले एउटा ठूलो कदम चाल्ने निर्णय गरिन् । त्यो सोखभन्दा बढ्ता अठोट थियो । आफ्नै बुनाई व्यवसाय सुरु गर्ने अठोट। सन् १९८३ मा २०० रुपैयाँमा दुईजना कामदार र केही धागोबाट उनले यो व्यवसाय शुरु गरेकी हुन् । श्रेष्ठले ३० वर्षमा आफ्नो जन्मघरको एउटा कोठामा नेपाल नट्क्राफ्ट सेन्टर नाम दिएर कम्पनि शुरु गरिन् ।
आजको उनको यो सफलता देख्दा जो कोही पनि लोभिन्छन् । तर श्याम बदनका लागि यो सफलताका सिँढी चढ्दा पार गर्नुपरेको संघर्षको पहाड कम्ता उकालो र अप्ठेरो थिएन।

…ति दिनहरु

भनिन्छ, एउटा धारिलो हतियार बन्न फलामलाई तताएर बेस्सरी चुट्नुपर्छ । अनि मात्र त्यो हतियारले हतियारको गुण बोक्न सक्छ । हो, श्याम बदन पनि त्यसरी नै चुटिएकी एक हतियार हुन्। नमिठा भोगाई, कहालीलाग्दा क्षणहरु पार गरेर अनुभवले खारिएकी हतियार । श्याम आफ्नी आमाको पेटमै रहँदा बुबाको हात समाएर हिँड्न पाउने अधिकार गुमाईन् । बुबा गुमाए पनि उनकी आमाले उनलाई कहिलै बुबाको कमी हुन दिईनन्। पितृसत्तात्मक सोच भएको नेपाली समाजमा उतिबेला श्याम र उनकी आमालाई चुनौतीका ठूला पर्खाल थिए । श्यामकी आमाले ति चुनौतीका पर्खाल नाघ्ने निधो गरिन्। र त्यो यात्राकी सारथि बनिन् सानी श्याम बदन ।

उनी बाल्यकालमा आफ्नी आमासँग बिहान २ बजे उठ्थिन् र हरेक दिन टुकी बत्तीले दिएको उज्यालोको भरमा टोपी बुन्थिन्। श्रेष्ठलाई लाग्थ्यो उनले टोपी मात्र बुनीरहेकी थिइन् । तर उनी हररात यो मिहिनेतसँगै सफलताको मार्ग बुनिरहेकी थिईन् । ति दिनहरु सम्झेर श्रेष्ठ भन्छिन्, ‘मेरो जन्म हुनुभन्दा अघि मेरो बुबा बित्नुभयो, जब मेरी आमा गर्भवती हुनुहुन्थ्यो, गहिरो पितृसत्तात्मक समाजमा एक्लो महिलाको रूपमा मेरी आमाले मलाई बुनाई बारे ज्ञान दिएर हुर्काउनुभयो।’

श्रेष्ठले १९८० को दशकको शुरुमा आफ्नो शिक्षण जागिर गुमाएपछि आमालाई सहयोग र साथ दिन हस्तकलामा ध्यान दिईन् । ७४ वर्षको उमेरमा उनले आफ्नो बचपनको कलालाई थप महत्त्व दिएर एउटा कम्पनी चलाइन् जसले उनी मात्रै सफल भईनन् ,नेपालमा स्वदेशी र स्थानीय स्रोतहरू समेट्ने उद्यमको उदाहरण समेत बनिन् ।

उनको व्यवसाय सन् १९९० सम्म राम्रो चल्यो किनकि त्यस बेलासम्म नेपालमा कसैले पनि बुनाई र बुनाईलाई व्यवसायको रूपमा अभ्यास गरेको थिएन। उनी भारतबाट कपास धागो जस्ता कच्चा मालसामान आयात गर्थिन्। भारतले नेपाललाई २०४९ सालमा ९ महिनाको नाकाबन्दी लगायो जसका कारण त्यो समयमा धेरै सामाग्रीहरु नेपाल आयात गर्न कठिन भयो । उनी सम्झन्छिन्, ,नाकाबन्दीले कम्पनीलाई धेरै कठिन बनायो परिणामस्वरूप यसका लागि काम गर्ने सबैलाई आर्थिक असर पर्‍यो।’

..अनि अप्ठेराहरु अवसरमा परिणत भए

भनिन्छ, जहाँ अवरोधहरू हुँदैन त्यहाँ अवसर र आशाको कुनै पनि गुन्जायस हुँदैन । त्यही कुरालाई आत्मसाथ गर्दै उनी सुनाउँछिन्, ‘भारतले गरेको ९ महिनाको नाकाबन्दीले मलाई के सिकायो भने नेपालमै पनि त कच्चापदार्थ निमार्ण गर्न किन सकिँदैन ?’ उनले आफैँलाई प्रश्न गरिन् । र यस अवरोधलाई कच्चा पदार्थको आयातका लागि भारतमा हरबखत पर्नुपर्ने निर्भरताबाट बाहिर निस्कने सुनौलो अवसरमा परिणत गरिन्।

उनि भन्छिन्, ‘एकदिन म कच्चापदार्थको खोजिमा देशका विभिन्न ठाउँ घुम्ने निधो गरे। त्यहि सन्दर्भमा मलाई देशका धेरै ठाउँहरु घुम्ने अवसर पनि मिल्यो । मैले त्यही अवसरलाई राम्रो सँग बुझे र देशमा त्यसै खेर गएका प्राकृतिक कच्चापदार्थ जस्तै मकैको खोस्टाबाट नेपालको संस्कृति झल्कने पुतलीहरु बनाएर शुरु गरेको थिए। खोस्टा जस्तै अरु कच्चापदार्थलाई प्रयोगमा कसरी ल्याउन सकिन्छ भन्ने कुरामा पनि लागि परेँ ।

उनी थप्छिन्, ‘हाम्रो हराएर जान लागेका सांस्कृतिक पहिचान बोकेका क्राफ्ट कसरी आगामी दिनहरुमा अगाडी लैजान सकिन्छ र कसरी यसलाई जोगाउने भन्ने कुराले मेरो मन पिरोल्यो । म सोचमग्न भएँ । दिनरात त्यही कुरा सोचिबस्दा मनमा अनेकन उपाय आए । त्यही सिलसिलामा मैले गाउँमा त्यसै बसेका दिदीबहिनीहरुलाई सहयोग गर्ने सोच गरे। उहाँहरुलाई भेटेर आफ्नो धारणा सुनाए । उहाँहरुले पनि मेरो कुरालाई सजिलै मानिदिनुभयो। र बिस्तारै हाम्रो योजनाले निरन्तरता पायो । आजको दिनसम्म आईपुग्दा देशका ठूलाठूला शहरदेखी अन्तर्राष्ट्रिय जगतमा हाम्रो सीप र संस्कृतीले स्थान पाउन सफल भएको छ।’ उनका आँखामा चम्किला हुन्छन् ।

नेपालको चिनारी

नेपाल नट्क्राफ्ट सेन्टरले आफ्ना उत्पादनहरूको क्षितिजको विस्तार गर्‍यो जुन स्वदेशी सीपहरू र हस्तकलाहरूमा एउटा छुट्टै मौलिक चिनारीको रुपमा खडा भएको छ । गहन अध्ययन, समर्पण र समयका साथ श्रेष्ठले यो यात्रामा आएका अवरोधहरूलाई सफलतापूर्वक जित्न सफल भईन्।

हस्तकलाको क्षेत्रमा नयाँ आयाम

नेपालमा हस्तकलाको क्षेत्रमा नयाँ आयामको शुरु भएको थियो। जसले सांस्कृतिक सम्पदा, जनजातिको विभिन्न सम्पदामा सबै किसिमको बुनाईलाई संस्कृत वस्तुका रुपमा चिनारी बोकेका र परम्परालाई झल्काउने गरिरहेका छन् ।सुकुलदेखि तकियासम्मका सामानहरु छन् । उनी भन्छिन्, ‘सांस्कृतिक चिनारीको आधारमा अहिलेको आधुनिक जीवनमा के बनाउन सकिन्छ ता कि त्यो सांस्कृतिक वस्तु र सीप हराएर नजाओस् भनेर त्यो सीपलाई जर्गेना गर्नकै निम्ति मेरो सानो कोशिस हो ।’ नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सौन्दर्यबाट प्रेरणा लिएर परम्परागत सीपहरूको निर्माण गर्नु यसको उद्येश्य पनि हो ।

उनी थप्छिन्, ‘खेर गईरहेका विभिन्न किसिमको कच्चापदार्थको खोजी गरेर ति कच्चापदार्थ आफ्नै ठाउँमा प्रयोगमा ल्याउन सकिन्छ। साथै बजार व्यवस्थापनको क्षेत्रमा पनि सजिलैसँग वितरण गर्न सकिने हुनाले जुन किसिमको सीप चलिआएको थियो त्यसलाई एउटा क्षेत्रबाट अर्को क्षेत्रमा स्थान्तरण गर्न सकिन्छ भन्ने कुरामा चाहिँ अलि कठिन थियो।’

महिलाहरुलाई सशक्तीकरण गर्न नट्क्राफ्ट्को भुमिका
दिदीबहिनीलाई काम पाउन सजिलो माध्यम र आर्थिक सामाजिक स्थितिमा केही सुधार सँगै नट्क्राफ्टको पनि प्रयोगमा ल्याउनु हो । उनि भन्छिन्, “मेरो जीवनको उद्देश्य थियो, महिला दिदीबहिनीहरूलाई कडा मेहनत गर्ने प्रेरणा र सशक्त बनाउनु पर्छ। त्यसैले मैले महिलाहरूलाई सशक्तिकरण गर्न नटक्राफ्ट शुरु गरेँ । ग्रामीण भेगका महिलाहरुलाई रोजगार दिन असीमित सम्भावना भए पनि घरका चार पर्खालहरूमा सीमित छन् । हाम्रो देशमा महिलाहरू आर्थिक रूपमा सवल हुनु आवश्यक छ। यसरी उनीहरूले आफ्नो हेरचाह गर्न सक्छन् र आफ्ना बाल बच्चाहरूको भविष्यका लागि केही रकम जम्मा गर्न सक्दछन् भन्ने थियो ।”

महिला उद्यमी एसोसिएशन अफ नेपालका संस्थापक सदस्यका साथै नेपाल नट्क्राफ्ट केन्द्रको संस्थापकको रूपमा श्रेष्ठले विभिन्न जिल्लाका महिलाहरुलाई सशक्त बनाउन हस्तशिल्प र उद्यमशीलता सीपहरु सम्बन्धी तालिम दिँदै आएकि छिन् । नट्क्राफ्ट केन्द्रले देशभरका महिलालाई रोजगारी प्रदान गर्दै घर र कार्यालयहरूको लागि अनौठो उत्पादनहरू सिर्जना गर्दछ। उनको शुरुकै योजना महिलालाई रोजगारी मार्फत् आर्थिक सशक्तिकरणको लक्ष्यमा साथ दिने थियो। सुरुमा यसले म्याक्रोमेम सामानहरू निर्माण गर्ने तीन जना महिलाहरुलाई रोजगारी दिएको थियो ।

श्रेष्ठले भनिन्, ”अहिले १६ जिल्लाका २०० भन्दा बढी महिला मसँग काम गर्छन्। म उनीहरूलाई उनीहरूको सीप अपग्रेड गर्न र मार्केटमा योग्य उत्पादनहरू डिजाइन गर्न मद्दत गर्दछु र उनीहरूलाई उद्यमी बनाउँदछु।”

श्यामसँग धेरै महिला कृतज्ञ छन् । एकजना महिला जो नट्क्राफ्ट्मा सुरु देखि आबद्ध छिन् उनी भन्छिन्, ‘धेरैको जीवनलाई सकारात्मक प्रभाव पारेकोमा हृदय देखी नै धन्यवाद्।’

आजसम्म आईपुग्दा यस केन्द्रले नेपालभरका सामाजिक र आर्थिक रूपबाट बञ्चित समुदायका हजारौँ महिलाहरुलाई रोजगारी दिएको छ।

यसले नेपालमा रहेका प्राकृतिक बोटबिरुवाबाट सामाग्रीहरू उत्पादन गर्दछ। जुन तराईदेखि उच्च हिमाली भेगसम्म नेपालमा उत्पादन गर्दछ। सबै उत्पादनहरू नेपालमा राई, लिम्बु, गुरुङ,थारु,नेवार, लगायत जातका महिलाहरूले बनाएका हुन् । जुन उनीहरूको परम्परागत बुन्ने कलाका लागि परिचित छन्। गुणस्तरमा निरन्तर सुधार र उत्पादनको मात्रामा वृद्धि हुँदै नट्क्राफ्टका उत्पादनहरू अमेरिका, जापान, जर्मनी र डेनमार्कमा निर्यात हुन्छन्।

ग्राहकहरु यी अद्वितीय पर्यावरण अनुकूल उत्पादनहरुको उच्च गुणवत्ताको सराहना गर्छन् भन्ने श्यामको भनाइ छ ।

श्रेष्ठले भविष्यमा आफ्नो अन्तर्राष्ट्रिय सीप, वातावरणीय स्थिरता र महिला सशक्तिकरणमा योगदान पुर्‍याउने अन्तरपुस्तामा सीपको संरक्षणको साथ आफ्नो बिक्री विस्तार गर्न प्रतिबद्ध रहेको पनि बताइन्।

उनि भन्छिन्, ‘यी परम्परागत रूपमा बुन्ने तानहरू र अभ्यासहरूले हाम्रो संस्कृतिलाई आजसम्म जीवित राख्दछ र हाम्रा विचारहरूलाई यथार्थमा ल्याउन सहयोग गर्दछ ताकि हामी आफ्ना ग्राहकहरूको हातमा दिन सक्छौँ। नट्क्राफ्टले विभिन्न जाति र विविधताका महिलाहरूसँग सम्बन्धित हुन र उनीहरूको जीवनशैलीको उत्थानमा सहयोग गर्न पाउँदा गर्व महशुस गर्दछ।’

प्रकाशित मिति: २०७८,श्रावण,४,सोमवार १२:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आइतवार भएको पहिलो खेलमा फ्रान्सले पोल्याण्डलाई हराएको छ । जितसँगै फ्रान्स विश्वकप

काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन राज काफ्ले विजयी

काठमाडौं । महिला हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । ग्लोबल

काठमाडौं । मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५
माओवादी बैठकमा विशेष महाधिवेशनको माग
 २०७९,मङ्सिर,१८,आईतवार १९:४६