कांग्रेसका नेता खुमबहादुर खड्काको निधन

काठमाडौं, १६ चैत – नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ ।कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनको अस्पतालमा साँझ ५ः१५ मा निधन भएको हो ।उपचारका लागि काठमाडौं खुमबहादुर खड्कालाई भारत लगिएको थियो । उनलाई ३९ दिनसम्म एपोलो अस्पतालमा उपचारका लागि राखिएको थियो । थप जानकारी आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?